सिमरा : व्यक्तिको जीवनमा सपना धेरै हुन्छन्। कोही आफ्नै भविष्य बनाउने ध्याउन्नमा हुन्छ, कोही आफ्ना लागिसुरक्षित बाटो रोज्छन्। तर, समाज परिवर्तनको सपना बोकेर आफ्ना व्यक्तिगत आकांक्षा त्याग्दै अरूका लागि लड्नेकमै हुन्छन्। त्यस्तै एक नाम हो — लक्ष्मी तिमल्सिना।
मधेश प्रदेशका नेकपा एमाले कार्यकर्ताहरूका लागि उनी अपरिचित व्यक्ति होइनन्। लक्ष्मी एक विद्यार्थी नेतृ मात्रहोइनन्, संगठनप्रतिको निष्ठा र त्यागको जीवित प्रतिक बनेर उभिएकी छिन् ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ३ रामबनकी लक्ष्मी तिमल्सिना नेकपा एमालेको विद्यार्थी संगठनअनेरास्ववियुमा आवद्ध भएर विगत एक दशकभन्दा बढी समयदेखि सक्रिय छिन्। संगठन विस्तार र युवा परिचालनमाउनको योगदान उल्लेखनीय मात्र होइन, प्रेरणादायी छ।
पार्टीको निर्देशन र आवश्यकता अनुसार उनी बारा, पर्सा सहित मधेशका गाउँ–गाउँमा पुगेकी छन् — जताततै संगठनबनाउँदै हिंडेकी छन्। अझ भनौं मधेशको भूगोलमा लक्ष्मीले नटेकेको गाउँ कमै होला।
एकदशक लामो अनेरास्ववियुको राजनीतिक यात्रामा लक्ष्मीले थुप्रै आरोह अवरोह झेलेकी छन् । संगठनको लागिव्यक्तिगत जीवनका धेरै अवसरहरू त्यागेकी छन् । कैयौं पटक पाक्दै गरेको भात भान्छामै छोडेर भोकै पार्टीकोकार्यक्रमहरुमा पुगेकी छन् । धेरैपटक परिवारमा आफूले सम्हाल्नुपर्ने दायित्व छाडेर संगठनकै निम्ति दौडिएकी छन् ।
भौतिक रूपमा मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि उनले अनेकौं चुनौतीहरूसँग जुध्नुपरेको छ । महिला नेतृभएकाले भोग्नुपरेका लैङ्गिक विभेद, असहयोग र पूर्वाग्रहका पर्खालहरू उनले आफ्नै समर्पण र कर्मले भत्काएकी छन्।आज उनी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा सचिवालय सदस्य ९महिला० पदका लागि मधेश क्षेत्रबाटउम्मेदवार बनेकी छन्। अब भने उनलाई उनको संगठन र मतदाताहरूले न्याय दिने वास्तविक समय आएको छ।
लक्ष्मीले बारा जिल्लामा सबै राजनीतिक दल र समाजका हरेक बर्गका मानिससंग आफूलाई नजिक राखेर काम गरेकीछन् । उनको परिचय केवल राजनीतिमा मात्र सिमित छैन । विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर समाजपरिवर्तनका लागि उनले यूवा अभियन्ताका रुपमा खेलेको भूमिका बारा जिल्लाबासीमाझ लोकप्रीय छन् ।
अघिल्लो स्थानीय निर्वाचन २०७९ मा उनले आफ्नो पार्टी नेकपा एमालेका लागि खेलेको भूमिकाले उनलाई पार्टी भित्रमात्र होइन सबै युवामाझ लोकप्रिय बनायो। त्यसबेला जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेले उप–प्रमुखसहित२४ मध्य १३ वटा वडा जित्दा लक्ष्मीले यूवाहरुको नेतृत्व सम्हालेकी थिइन् । काँग्रेस–माओवादी गठबन्धनलाई चुनौतीदिनेबेला उनले देखाएको संगठन क्षमता र युवा परिचालन आज पनि स्थानीय जनताले स्मरण गरिरहेका छन्।
विगतका अभियानहरूमा लक्ष्मीको रणनीति, संवादशैली र व्यावहारिक सक्रियता उनका सहकर्मी, प्रतिद्वन्द्वी र स्थानीयनेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। उनले नेतृत्व गरेका विद्यार्थी अभियानहरू, विभिन्न तालिमहरू, महिलासशक्तिकरण कार्यक्रमहरू र संगठनात्मक बैठकहरूमा उनको सक्रिय सहभागिता उल्लेखनीय रहेको स्थानीय युवानेताहरु बताउँछन् । युवा पुस्ताले उनीभित्र परिवर्तन ल्याउने सामर्थ्य देखेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रकोअभ्यासमा उनी खुलेर बोल्ने साहसी नेतृको रूपमा स्थापित भएकी छन्।
उनी केवल निर्देशन पालना गर्ने कार्यकर्ता होइनन् — आवश्यक परे नेतृत्व लिन पनि सक्षम नेतृ हुन्।
अब लक्ष्मी संगठनकै निर्णयको प्रतिक्षामा छिन्। उनले दशकौंको त्याग, समर्पण र योगदानमार्फत संगठन बनाउने कामगरिन्। अब संगठनले उनलाई के दिन सक्छ रु प्रश्न यहाँ उठ्छ — के पार्टीले आफ्ना निष्ठावान कार्यकर्ताको मूल्यांकनसमयमै गर्छ रु कि फेरि समर्पणलाई औपचारिक धन्यवादमा सीमित राख्छ रु
उनी सचिवालय सदस्य (महिला) पदमा उम्मेदवार छन् भन्ने कुरा केवल व्यक्तिगत राजनीतिक पदोन्नतिको प्रयास होइन— यो समर्पणको मूल्यांकनको परीक्षा हो। उनको जितले पार्टीभित्र निष्ठाको सम्मान हुने सन्देश दिनेछ। हार भनेकोकेवल चुनावी हार होइन — संगठनले आफ्ना त्यागी कार्यकर्ताको योगदानको मूल्यांकन गर्न नसकेको संकेत हुनेछ।लक्ष्मी तिमल्सिना केवल एक उम्मेदवार होइनन्। उनी संगठनप्रतिको अडान, त्याग र प्रतिबद्धताको प्रतिक हुन्। अबसंगठनले न्याय गर्छ कि गर्दैन — त्यो आसन्न चुनावको नतिजाले होइन, नेतृत्वको दृष्टिकोणले निर्धारण गर्नेछ।

प्रतिक्रिया