वीरगञ्जः पर्सा जिल्लामा प्रहरीकै सेटिङ्गका कारण न्याय गुमिदैं गरेको अवस्था देखिएको छ ।
पर्सा जिल्लाका प्रहरीहरुले पिडितलाई न्याय दिनुको सट्टा उल्टै राजनीतिक दबावमा परि कानुन विपरीत कार्य गरिरहेको हुनाले न्याय गुमिदैं गएको देखिएको हो ।
प्रहरी प्रशासन आम जनताको सेवा र देशमा शान्ति सुरक्षा कायम राख्न स्थापित गरिएको हो, तर पर्सा जिल्लामा प्रहरीहरुको गैरजिम्मेवारीपनका कारण सिंगो प्रहरी संगठनको नाम बदनाम हुने अवस्थामा पुगेको देखिन्छ ।
पर्सा जिल्लामा एउटा निर्दोष पिडितलाई दोषी करार गरि मुद्दा चलाईएको घटनाले अहिले जिल्ला भरी चर्चाको बिषय बनेको छ । प्रहरीको काम हो अनुसन्धान गर्नु गलतलाई कारवाही र पिडितलाई न्याय दिनु तर पर्सा जिल्लाका होनहार प्रहरीहरुले उल्टै पिडित माथी मुद्दा दर्ता गरेर बिचौलिया जस्तै सेटिङवाजी गरी न्याय गुमाईरहेको देखिएको हो ।
पिडित आयुष यादव माथी सुंयोजित तरिकाले आक्रमण गरिएको उनलाई लागे चोट तथा उनको अवस्थाबाट स्पष्ट देखिएको छ, तर उल्टै आफु माथी मुद्दा दर्ता हुँदा पिडित यादव बिजोग अवस्थामा पुगेका छन ।
जानता समाजवादी बिधार्थी युनियनका नेता समेत रहेका पिडित यादवले ठाकुरराम बहुमुखी क्याम्पसका नवनिर्वाचित सभापति राजकुमार यादव र उनका मामा नागेश्वर यादवको समुहले मलाई सुंयोजित तरिकाबाट आक्रमण गरि निर्घात कुटपिट गरेको मिडिया मार्फत स्पष्ट बताएका छन ।
वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बैशाख २४गते आफु माथी गरिएको आक्रमणको मुख्य योजनाकार क्याम्पसका नवनिर्वाचित सभापति राजकुमार यादव रहेको दावी गरेका छन । घटना बारे बुझ्दा उनले भने बैशाख २४ गते बुधवारको दिन क्याम्पस परिसरमा प्रवेश गर्दा दुई समुह बिच पहिला देखी नै बिवाद भईरहेको थियो, आफु बिवाद के हो भने हेर्न जादाँ सभापति र उनका मामा नागेश्वर समुहका एक जनाले आफु माथी हातपात गर्न थालेको बताए । एक्कासी हातपात गर्न थाते पछि के, हो, किन म माथी एक्कासी हातपात गरिरहेको सोध्दा सोध्दैं बोल्न नदिएर कुटपिट गरेको उनको भनाई छ ।
कुटपिट गरिरहदाँ तिमी हाम्रो बिरोध गर्छौ, हाम्रो बिरोधमा स्टेटस समाजीक संजालमा हाल्छौं भने एकजनाबाट अवाज आउदाँ गलतको आफु बिरोध गरेपछि सुंयोजित तरिकाले आक्रमण गरि निर्घात कुटपिट गरेको उनले जानकारी दिए ।
ठाकुरराम क्याम्पसमा सुंयोजित तरिकाले आक्रमण गरि निर्घात कुटपिट गरियो पिडित यादवको टाउकोमा ७ र आँखा नजिक ३ गरि १० वटा टाका लागेको अवस्था छ तर पर्सा प्रहरीले उल्टै उन माथी नै मुद्दा दर्ता गरि स्वयंम असफलताको प्रमाण दिएको छ ।
ठाकुरराम क्याम्पसमा बैशाख २४ गते घटेको घटना प्रति प्रहरी पहिला एक्सनमा आउनु र पछि कुटपिट जस्तै एक्कासी मौनता अपनाएर पिडितलाई २८ गते ४ दिन सम्म अन्योलमा राखेर गुम्राह गरेको कृयाकलापले निश्चित नै निजि स्वार्थका कारण मुद्दा लम्बयाउने काम प्रहरीले गरेको देखिएको छ ।
४ दिन सम्म पिडितले प्रहरीको ढोका ढकढकाए प्रस्चात सभापतिका मामा नागेश्वर यादव सहित सुजय यादव र अजय गुप्ता माथी मुद्दा दर्ता भयो तर कुनै सुनवाई भएन, प्रहरीको हिरासतमा पनिको कोई दोषी आएन पछि प्रहरीकै सेटिङ्गको भरमा अर्को पक्षले ल्याएको जाहेरी तुरुन्त दर्ता गर्नु भनेको प्रहरीको बदनियत कार्य देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारीमा गौतम मिश्र छन र उनी नेपाली कांग्रेसको नजिकका पात्र हुन र सोही राजनितिक दलको बिशेष आशिर्वादमा पर्सा जिल्लामा आउन सफल समेत भएको जिल्ला भरी हल्ला छ ।
यता ठाकुररामका नवनिर्वाचित सभापति राजकुमार यादव र उनका मामा नागेश्वर यादव समेत नेपाली कांग्रेस नजिकका पात्र हुन र राजनितिकमा पनि निकै पहुच रहेको हुनाले पिडित आयुष यादवको मुद्दालाई कम्जोर र सजिलै सहमती गर्ने उदेश्यले उल्टै जाहेरी दिएर दर्ता गराउने हतकण्डा अपनाएकोले पुष्टि भएको छ ।
मुद्दालाई कम्जोर बनाउन र सहज तरिकाले सहमती गराउन नेपाली कांग्रेस निकटका पात्र रहेका पर्साका प्रहरी प्रमुखको ठाडो निर्देश्नमा पिडित आयुष यादव सहित हरिकिशोर, यादव र रुपेश कुमार साह माथी उल्टै जान मार्ने उधोग सम्बन्धी मुदा दर्ता गरिएको नाम नछापने शर्तमा सोही फार्टका एक जना प्रहरीले जानकारी दिएका छन ।
पर्सा जिल्लामा यो पहिलो पटक होईन प्रहरी प्रमुख मिश्रले कार्यभार सम्भाले प्रस्चात यस्ता घटना दोस्रो पटक दोह्रोरिएको छ ।
पिडितलाई दुख र दोषीलाई छुट दिने प्रबिधिको राम्ररी प्रशिक्षण लिएर प्रमुख मिश्र पर्सामा आएको देखीएको छ भने आफ्ना निकटकाहरुलाई सरक्षण गर्न पर्सामा पठाईएको कतिपयले प्रश्न समेत उठाउन थालेका छन ।
पर्सा जिल्लामा प्रहरी रक्षकको रुपमा काम गरिरहेको छ कि भकक्षकको रुपमा बुझ्न कठिन भएको छ । जनताको सेवा तथा सुरक्षाको कसम खाएर प्रतिबद्धता जनाएका प्रहरी संगठन नै भकक्षकको रुप लियो भने यस्ताबाट आम नागरीकले के अपेक्षा गर्ने ।
पिडित आयुष यादव अहिले पनि अन्योलमा छन, न्यायको पर्खाईमा छन, प्रहरीले न्याय दिने कि उल्टै थुनामा हाल्ने छन भने पिडित यादव चिन्तीत भएका छन ।
यस बिषयमा बुझ्न मधेश प्रदेश प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीसंग ९८५४०८४४४४को नम्बरमा सम्पर्क गर्दा ब्यस्त रहेको उनका फोन उठाएर अर्का प्रहरीले बताएका थिए, भने पर्साका प्रहरी प्रमुख मिश्रसंग ९८५५०७५५५५को नम्बरमा सम्पर्क गर्न खोज्दा उहाँ समेत ब्यस्त रहेको सुन्नमा पाईयो । यता प्रवक्ताको फोन नै लागेन्न ।

प्रतिक्रिया