१६ जेष्ठ , काठमाडौँ । मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ। गृह मन्त्रालयका अनुसार जेठ १८ गते आइतबार ललितपुरमा आयोजना हुने परम्परागत भोटो जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा २०८१ साल फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार उक्त बिदा प्रदान गरिने उल्लेख गरिएको छ।


प्रतिक्रिया