विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाको नेत्रदान अभियान सार्वजनिक

580


बिहीबार, जेठ १ :
वीरगञ्ज । तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाले नेत्रदान अभियान सार्वजनिक गरेको छ । संस्थाले बिहीबार पत्रकार सम्मेलनमार्फत विगत २६ वर्षदेखि सञ्चालन गर्दै आएको सेवामूलक कार्यहरूको विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको हो।

परिषद्को मुख्य प्राथमिकता अब नेत्रदान अभियान हुने जनाइएको छ। पत्रकार सम्मेलनमा परिषद्का प्रतिनिधि राजु वैदले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामी उद्देश्यसहित विश्वभर ३६२ शाखामार्फत समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी दिए। वीरगञ्ज शाखाले मात्र २०७९–८० मा आयोजित दुई दिने रक्तदान क्याम्पबाट ४२३ यूनिट र २०७८ मा ११ दिने विशेष क्याम्पमार्फत १ हजार १२७ यूनिट रगत संकलन गरी रेडक्रसलाई प्रदान गरेको जानकारी दिए ।

उनका अनुसार अब परिषद्ले नेत्रदानलाई प्राथमिक अभियानका रूपमा अघि बढाउने भएको छ। सजिलो प्रक्रिया भए तापनि नेत्रदानबारे जनचेतना आवश्यक रहेको बताउँदै, परिषद्ले वीरगञ्ज महानगरपालिकाको सहकार्यमा संगोष्ठी र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रममा २०७९ सालमा २५औँ वर्ष (स्वर्ण जयन्ती) मनाइरहेको परिषद्ले यही जेठ १ देखि ३ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। सम्मेलनमा तेरापंथ युवक परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष रमेश डागाको प्रमुख आतिथ्यता रहनेछ भने युवा स्वास्थ्य, सामाजिक जिम्मेवारी, नेत्रदान, र व्यक्तित्व विकाससम्बन्धी विशेष सत्रहरू सञ्चालन हुने अध्यक्षलोकेश जैनले बताए ।

कार्यक्रमको अन्त्यमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित उपस्थित सबै पत्रकार, सहयोगी संस्था र सहभागीहरूप्रति आभार प्रकट गर्दै परिषद्ले सामाजिक सेवा र मानव कल्याणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

परिषद्का वर्तमान अध्यक्ष लोकेश जैन, वरिष्ठ सदस्य प्रबिन जैन गान्धी तथा पूर्व अध्यक्ष राज कुमार बैधको पनि उपस्थिति थियो। सम्मेलनमा युवाहरूको स्वास्थ्य, व्यक्तित्व विकास तथा नेतृत्व क्षमताका विषयमा परिषद्ले गर्दै आएको कार्यशाला र प्रशिक्षणहरूलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,523,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,612,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,578,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाको नेत्रदान अभियान सार्वजनिक
तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाको नेत्रदान अभियान सार्वजनिक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgIW4NJb-zLm1Ditm8A12vB2yWt0Uikvd5ozCYV9TZgzlycwYMKZ47twWUqH9qmWPhFgWuX-ALAV4w04aMpysKw4M4mRH4tLYWfNrV6RHRNokWxF-qetOT-qqp1VorDp0QfppqI_U-S0ZZlTFw2VvgQl8b7vRUSYbsxFxXO8FxD7r7u9qhHF9oje9f1GWOz/s320/494329598_704847962013825_7252865078115759763_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgIW4NJb-zLm1Ditm8A12vB2yWt0Uikvd5ozCYV9TZgzlycwYMKZ47twWUqH9qmWPhFgWuX-ALAV4w04aMpysKw4M4mRH4tLYWfNrV6RHRNokWxF-qetOT-qqp1VorDp0QfppqI_U-S0ZZlTFw2VvgQl8b7vRUSYbsxFxXO8FxD7r7u9qhHF9oje9f1GWOz/s72-c/494329598_704847962013825_7252865078115759763_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_56.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_56.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content