वीरगञ्ज– वीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको डेसिमल कलेजमा अध्यानरत कक्षा १२ का विद्यार्थीहरुको आज एक समारोहबीच भब्य रुपमा बिदाई गरिएको छ। डेसिमल कलेज फाउन्डेसनका प्रिन्सिपल सन्नी दुवेको अध्यक्षता तथा श्रम अदालत काठमाडौंका न्यायाधीश शैलेन्द्र चौरसियाको प्रमुख आतिथ्यमा सो बिदाई समारोह सम्पन्न भएको हो ।
बिदाई समारोहलाई सम्बोधन गदै श्रम अदालतका न्यायाधीश चौरसियाले अब उच्च शिक्षा हासिल गर्ने थप जिम्मेवारी बढीरहेकोले आफ्नो लक्ष्य प्राप्ति गर्ने ढोका खुल्ला भएको बताएका छन् । सबैले सबै बिषयमा ज्ञान हासिल गर्न नसक्ने भए पनि हरेक विद्यार्थीहरुको आ–आफ्नो उदेश्य र लक्ष्य रहने भएकोले कलेजको नामसंगै अभिभावकहरुको भावना बुझ्न न्यायाधीश चौरसियाले बताएका छन् ।
बिदाई समारोहमा एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र लगायतले शुभकामना तथा प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यार्थी अनिल पटेल सञ्जना शुक्ला, लेकि गुप्ता र कयुम आलमले गरेका थिए।भने कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया