वीरगञ्जमा नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघको पदाधिकारी बैठक सम्पन्न भएको छ ।
शनिवार बैठक वीरगञ्ज ११ श्रीपुर स्थित (ओबिसी) महासंघको केन्द्रिय सम्पर्क कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।
बैठकमा बिभिन्न प्रास्ताव माथी छलफल गर्दै आउदों जेष्ठ ३ गते जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको (ओबिसी) महासंघका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज राजेश सिंहले जानकारी दिए । उनले भने संगठन बलियो हुन्छ भने पार्टी बलियो हुन्छ । आम-नागरीक भित्र नेकपा एमाले प्रति रहेकोे भ्रमलाई समाप्त पारेर वडा स्तर सम्म संगठन बिस्तार गर्ने अभियानलाई सफल बनाउने उदेश्यले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताएका हुन ।
(ओबिसी) महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख अतिथ्यमा सम्पन्न बठैकमा नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य तथा ठोरी गाउँपालिका ईन्चार्ज अनिल कुमार हजरा, महासंघका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईन्चार्ज अकलेश कुमार साह, केन्द्रिय सदस्य प्रमोद राज पटेल, पर्सा जिल्ला अध्यक्ष बाकेबिहारी प्रसाद पटेल, वीरगञ्ज महानगरका उपाध्यक्ष राघव पटेल, निपु साह लगायतको उपस्थिती रहेको थियो ।
जेष्ठ ३ गते जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम वीरगञ्ज २४ मनमोहन नगर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा हुने भएको छ ।

प्रतिक्रिया