वीरगञ्ज– बीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलका विद्यार्थीहरु, अभिभावक र शिक्षक शिक्षिकाहरुको निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।
बीरगंज सामुदायिक आँखा अस्पतालको समन्वयमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरु, अभिभावक र शिक्षक शिक्षिकाहरु लगायत सम्पूर्णको आँखा चेकजाँच गरिएको माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ। उनले भने बिधालय परिषद्ममा चेकजाँच गरिएका सम्पूर्ण विद्यार्थीहरु अभिभावकहरु शिक्षक शिक्षिकाहरुको लाग्ने सम्पूर्ण खर्च बिधालयले जिम्मेवारी लिने र यदि कुनै विद्यार्थीहरु अभिभावकहरु शिक्षकहरुमा मोतिया बिन्दु फेला परेको खण्डमा अपरेसन तथा औषधी वा चश्मा लगाउनु परेको खण्डमा बीरगंज सामुदायिक आँखा अस्पतालसंग सहकार्य गरेर उपचार गर्ने बताएका छन् ।
बिधालयले केवल शिक्षा मात्र नभएर स्वास्थ्य क्षेत्र अतिरिक्त क्रियाकलापहरुमा समेत ध्यान दिनुका साथै आजै मात्र हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको बताए । विद्यार्थीहरुको क्षमता विकास बढाउन बिधालयले कुनै कसर बाकी नराख्ने प्रिन्सिपल श्रीवास्तवले बताएका हुन । अहिले आफू प्याब्सन महानगरको अध्यक्ष समेत रहेकोले विभिन्न गतिविधि आगामी यहीँ महिनाभित्र गर्न लागेको श्रीवास्तवले जानकारी दिएका छन् । बिधालयमा हरेक दिन विभिन्न गतिविधि गदै आइरहेको बताएका छन् ।

प्रतिक्रिया