विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

संघीय निजामती सेवा विधेयक पारित: कुलिङ पिरियड २ वर्ष , अवकाशको उमेरहद ६० वर्ष राख्ने सहमति

580


काठमाडौं- 
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ।

शुक्रबार बसेको समितिको बैठकले सर्वसम्मत रूपमा संघीय निजामती सेवा विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए।

विधेयकमा कुलिङ पिरियडु र कर्मचारीको अवकाश उमेरहद कसरी लागू गर्ने भन्नेजस्ता विषय टुंगिन बाँकी थियो। त्यो पनि आज टुंगो लगाएर विधेयक पारित गरिएको हो।

संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति खान दुई वर्ष पर्खनुपर्ने भएको छ। अर्थात् कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको हो।

नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायत बहुमत सांसद कुलिङ पिरियड दुई वर्ष राख्ने पक्षमा उभिएका थिए। नेकपा (एमाले) का सांसदहरू एक वर्ष कुलिङ पिरियड राख्नुपर्नेमा थिए।

तर एमालेका सांसदहरू आज दुई वर्ष कुलिङ पिरियड राख्न सहमत भएपछि सर्वसम्मत रूपमा विधेयक पारित हुने अवस्था बनेको हो।

शिक्षा मन्त्रीसमेत रहेका एमाले सांसद रघुजी पन्तले लामो समयदेखि कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने पक्षमा वकालत गर्दै आएका थिए। तर आज उनले दुई वर्ष कुलिङ पिरियड राख्न आफू पनि सहमत रहेको धारणा राखेका थिए।

कुलिङ पिरियड कति वर्ष राख्नेमा सत्तारूढ नेपाली कांग्रेस र एमालेकै सांसदहरूबीच यसअघि मतभेद देखिएपछि गृहमन्त्री रमेश लेखकले समय मागेका थिए। उनले पाँचरछ दिनभित्र यसबारे सहमतिमा पुग्ने बताएका थिए।

आज समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव गरे। सांसदहरूले सहमति जनाए र सर्वसम्त रूपमा विधेयक पारित भयो।

साथै कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष रहेकोमा ६० वर्ष राख्ने सहमति भएको छ। ६० वर्षमा कर्मचारी अवकाश हुने सहमति यसअघि नै बने पनि कसरी कार्यान्वयन गर्ने भन्नेमा मतभेद थियो।

अब चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ।

विधेयक पारित भएको वर्ष ५८ वर्षमै कर्मचारी अवकाश हुनेछन् भने त्यसको एक वर्षपछि ५९ र त्यसको एक वर्षपछि ६० वर्षमा अवकाश हुने गरी सांसदहरूले विधेयकमा सहमति जुटाएका हुन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,523,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,612,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,579,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: संघीय निजामती सेवा विधेयक पारित: कुलिङ पिरियड २ वर्ष , अवकाशको उमेरहद ६० वर्ष राख्ने सहमति
संघीय निजामती सेवा विधेयक पारित: कुलिङ पिरियड २ वर्ष , अवकाशको उमेरहद ६० वर्ष राख्ने सहमति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWM5qVddgc9D5IRFbvYWfiYb5l9H2F8GtVFeohwOWiJuyUQenw9h5Jzf0TMwwWP2VMSvKJup4V8VH61nkulIwwnw6r5jVAL0G8Ef-Em0Y50mVTnwHcMxPsgqxwrnFUnhLnoW_Bf9t0_M7XzHD0TntNMD5LGmKGf2fwqwz1jtTsz5htWxjtUD07AKG__0jL/s320/rajya-bebastha-1230--1024x648.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWM5qVddgc9D5IRFbvYWfiYb5l9H2F8GtVFeohwOWiJuyUQenw9h5Jzf0TMwwWP2VMSvKJup4V8VH61nkulIwwnw6r5jVAL0G8Ef-Em0Y50mVTnwHcMxPsgqxwrnFUnhLnoW_Bf9t0_M7XzHD0TntNMD5LGmKGf2fwqwz1jtTsz5htWxjtUD07AKG__0jL/s72-c/rajya-bebastha-1230--1024x648.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_16.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_16.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content