नेकपा एमाले निकट भातृ जनसंगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघको कोशी प्रदेशमा प्रदेश स्तरीय माहिला बिभाग गठन गरिएको छ।
महासंघका कोशी प्रदेश अध्यक्ष बिष्णु कामतको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष एवंम प्रदेश इन्चार्ज बालेश्वर कामतको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा जिब्छि देबिको अध्यक्षतामा १५ सदस्यीय महिला बिभाग गठन गरिएको हो।
कोशी प्रदेशको पञचाली स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेन्द्र कामत, गितारानि महतो लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको महिला बिभागकी संयोजक रुपा महतोले जानकारी दिए।
प्रतिक्रिया