पर्सा : ठोरी गाँउपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा कमिशनमा लिप्त भएको आरोप लागेको छ । ठोरी गाँउपालिकाबाट संचालित योजनाबाट थापाले मोटो रकम कमिशनबाट बुझेको श्रोतको दावी छ । थापाले समान खरिद र पालिकामा हुने बिकाश निर्माणका योजनाहरु तथा पालिकामा संचालित बिभिन्न तालिमहरुबाट कमिशन लिने गरेको नाम न छाप्ने शर्तमा एक ठेकेदारले जानकारी दिए ।
“ काम हुनुपुर्व नै कमिशन बापतको रकम दिनुपर्छ, नत्र बिल नै पास हुदैन,, चेक हातमा पाउनु अगावै कमिशन वापतको रकम थापाले बुझने गरेका छन ” ति ठेकेदारले भने ।
राजनितिक पहुच एवं आर्थिक नजराना बुझाई पटक पटक निमितको म्याद थप गराउन सफल थापाले भ्रष्टाचारको सम्राज्य नै खडा गरेका छन । अकुत सम्पती आर्जन गर्न सफल थापा जिल्ला बिकाश समिती पर्सामा कार्यरत रहदा समेत भ्रष्टाचारको सम्राज्य खडा गरेका थिए ।
यता यस बिषयमा निमित प्रमुख प्रशासकिय अधिकृत थापा संग बुझदा उनले आरोपको खण्डन गर्दै कुनै कमिशनको लेनदेन नभएको बताए । थापाले यो आर्थिक बर्षको ९ महिना सम्ममा एउटा मात्र तालिम संचालन गरिएको जानकारी दिए ।थापाले महिला हिंसा एवं दुरव्यसनीको एक लाखको तालिम बाहेक अन्य कुनै तालिम वा काम नै नभएको दावी गरे । थापाले पालिकामा उपभोक्ता मार्फत नै सवै काम हुने भएकोले त्यसमा ६०/४० को कमशिनको कुरै न आउने दावी गरे ।

प्रतिक्रिया