काठमाडौंबाट ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक भएको छ।
शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो।
बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको एसपी सुवेदीले बताए।
गाडीमा एमोनियाको १७ वटा सिलिन्डर रहेको चालकले प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया