वीरगञ्ज– वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको सनलाइट स्कुल तथा कलेजको २१ औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन प्रोफेसर महेन्द्र प्रसाद गुप्ताले गर्नुभएको छ। उदघाटन समारोहमा प्रोफेसर गुप्ताले यो स्कुल तथा कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुको उच्च शिक्षासंगै संस्कार संस्कृतिले भरिएको बताए । बिधालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सफल रहेकोले बाकी अभिभावकले पनि विद्यार्थीहरुलाई निगरानीमा राख्न अति आवश्यकता रहेको प्रोफेसर गुप्ताले बताएका बताएका छन् । बिधालयले पढ्ने बिषयहरुको गृहकार्य अभिभावकहरुले पनि ध्यान दिन जरुरी रहेको बताएका हुन ।
ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस चिफ डाक्टर उमेश चौरसियाले अबको शिक्षा प्रविधिक धारतर्फ ध्यान दिन आवश्यकता रहेको बताए । उनले भने हिजोको शिक्षा प्रणाली भन्दा फरक जानुपर्ने समय आएको बताउदै यसले विद्यार्थीहरुमा रोजगारी पनि हुने राष्ट्रको पनि विकास हुने भएकोले त्यसतर्फ अगाडि बढ्न अति आवश्यक रहेको र यस बिधालयका प्रिन्सिपल आलोक चौरसिया पनि प्राविधिकमा अब्बल भएकोले यसकलेजका विद्यार्थीहरु धेरै भाग्यमानी रहेको बताएका छन् ।
वार्षिकोत्सब समारोहमा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता ,एसआर ग्यालेक्सी स्कुलका प्रिन्सिपल शर्मानन्द कुशुवाहा, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, लिटिल एन्जल स्कुलका डाइरेक्टर मनि पाख्रिङ्ग, गौतम स्कुलका डाइरेक्टर सोनम लामा, शिक्षक बलराम श्रेष्ठ तथा पत्रकार अभिभावकहरु विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो ।
सनलाइट कलेजका संचालक डिके चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत मनतब्य सनलाइट स्कुलका प्रिन्सिपल आलोक चौरसियाले गरेका थिए। कार्यक्रममा विभिन्न नृत्य तथा संस्कृति कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको सहजिकरण कोडिनेटर धनन्जयले गरेका थिए।


प्रतिक्रिया