काठमाडौंको पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ। बुधबार शिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसरमा अवाञ्छित गतिविधि गरेको आशंकामा प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई स्क्रिनिङ गरिनेछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये स्क्रिनिङ गरी अपराधमा संलग्न नदेखिएकालाई छाडिनेछ। शिवरात्रीलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंसहित विधिन्न सुरक्षा निकायका ४ हजार बढी सुरक्षाकर्मी खटिएका छन्।

प्रतिक्रिया