लियो जिल्ला परिषद ३२५के नेपालको ३औं वार्षिक जिल्ला कन्फरेन्समा उपाध्यक्ष पदको लागि लियो संगम कँडेलले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । सोमवार लियो संगम कँडेलले लियो जिल्ला परिषद ३२५के नेपालका निवर्तमान अध्यक्ष तथा मनोनयन अधिकृत लियो अविरल पौडेल समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
संगम कँडेल....संगम कँडेल, लियो क्लब अफ काठमाडौं टेम्पल सिटीका पूर्व अध्यक्ष (Past President) र लियो जिल्ला परिषद् ३२५के नेपालका क्षेत्रीय समन्वयक (Region Coordinator), समाजसेवामा एक प्रेरणादायी व्यक्तित्व हुन । उनले लियो आन्दोलनलाई नयाँ उचाइमा पु¥याउँदै समाज परिवर्तनका महत्त्वपूर्ण अभियानहरू नेतृत्व गरेका छन ।
विशेष गरी, बाढीपीडितहरूको पुनस्र्थापनाका लागि उनले ४०० भन्दा बढी पीडितहरूलाई आश्रय र पुनर्वासमा सहयोग पु¥याएका छन । उनले राहत अभियानलाई तीव्र बनाउँदै ५०० भन्दा बढी खानाको व्यवस्था गरेका थिए, जसले तत्कालिन भोकमरीको संकटलाई कम गर्न सहयोग पु¥यायो। यस्तै, ३०० भन्दा बढी कम्बल वितरण गरेर उनले सयौं परिवारलाई चिसोबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेले । मन्दिर सरसफाइ अभियानमा पनि उनको पहल क्रान्तिकारी रह्यो। उनले यो अभियानलाई धार्मिक, सांस्कृतिक र सामाजिक जागरणको रूपमा अघि बढाए, जसका कारण थुप्रै युवाहरू ऐतिहासिक सम्पदाको संरक्षणमा प्रेरित भए ।
जिल्ला कार्यक्रम तथा योजना निर्माणमा पनि संगमको योगदान अविस्मरणीय छ । उनले परम्परागत कार्यशैलीलाई तोड्दै नवीनतम विचारहरू प्रस्तुत गर्दै लियोहरूलाई विश्वस्तरीय सामाजिक अभियन्ता बनाउने प्रयास गरे । क्षेत्रीय समन्वयकको रूपमा, उनले लियो क्लबहरूबीच सहकार्य र एकतामा जोड दिँदै, सामाजिक सेवालाई अझ व्यापक बनाए । उनको नेतृत्वमा भएका कार्यक्रमहरूले लियो ३२५के नेपाललाई एक ऊर्जावान र प्रभावशाली संस्था बनाएको छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेलेको छ ।
निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न हुनेछ, भने लियो जिल्ला परिषद् ३२५के नेपालले विश्वास ब्यक्त गरेको छ ।

प्रतिक्रिया