पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर २ सुर्जाहामा नेकपा एमालेको वडा स्तरिय बैठक आज सम्पन्न भएको छ।
बैठक नेकपा एमाले पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर २का वडा कमिटी अध्यक्ष रामशेवक पंडितको अध्यक्षता तथा पर्सा जिल्ला कमिटी अध्यक्ष डा. विश्वम्भर शर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा एमालेले संचालन गरेको ३ महिने वडा केन्द्रित अभियान बारे प्रकाश पार्दै पर्सा जिल्ला कमिटी अध्यक्ष डा. विश्वम्भर शर्माले पार्टी भित्र कसैलाई अराजकता फैलाउन पाईदैन भने उनले ठोकुवा गरेका हुन। उनले भने नेकपा एमाले पार्टी गरिब र बिपन्नको पार्टी हो, समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेको पार्टी भएको हुनाले एक ढिक भएर पार्टीको अभियानमा लाग्न सुझाव दिएका थिए । उनले भने पार्टीको सिद्धान्त र अनुशासन भित्र बसेर काम गर्न नसकेका ब्यक्तिको नेकपा एमाले भित्र कुनै ठाउँ नरहेको भन्दै पार्टीको अनुशासन भित्र बसेर काम गर्न र अराजकता नफैलाउन जिकिर गरेका थिए। उनले पार्टीको ईतिहासलाई स्मरण गर्दै फुटेर होईन जुटेर वडा केन्द्रित अभियानलाई सम्पन्न पार्न आग्रह समेत गरेका हुन।
बैठकबाट महिला संघको वडा कमिटी संयोजकमा लाल मुनि पंडितलाई चयन गरिएको छ भने ३महिने वडा केन्द्रित अभियानलाई सम्पन्न पार्न किशोरी साहको संयोजकत्वमा ७ सदस्यिय परिचालन कमिटी गठन गरिएको वडा कमिटीका अध्यक्ष रामशेवक पंडितले जानकारी दिए।
सो अवसरमा वडा कमिटी द्वारा पार्टीका पर्सा जिल्ला कमिटी अध्यक्ष डा. विश्वम्भर शर्मालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।
कार्यक्रममा नेकपा एमालेका पालिका कमिटी अध्यक्ष अकलेश कुमार साह, सचिव राजेश सहनि, सह सचिव भगवान कुर्मी, सदस्य गया चौहान वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष राम बाबु प्रसाद चौरसिया लगायत वडा केन्द्रित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया