नेकपा एमालेका सांसद प्रभुु हजराले सर्वोच्च अदालतमा बिगतको लामो समय देखि अडकिएको नारायणी आस्पतालको मुद्दामा यथाशिघ्र निर्णय लिएर भवनको काम अगाडी बढाउन मांग गरेका छन । शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दै सो मांग गरेका हुन ।
सदनमा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले नारायणी अस्पतालको मुद्दा लिएर अस्पतालमा कार्यरत नर्स, चिकित्सक तथा अन्य कर्मचारीहरु आन्दोलीत रहेको जिकिर गर्दै पटक पटक आफु सदनमा आवाज उठाउदा पनि मुद्दाको निर्णय नभएको गुनासो गरेका थिए ।
उनले यस भन्दा पहिला केपी शर्मा ओली प्रधानमन्त्री हुंदा उहाँकै पालामा नारायणी अस्पताल ५सय शैय्यामा स्तरोउन्नती गर्न सरकारले करिव १ अरब ५५ करोड रुपैया बिनियोजन गरेको थियो, तर भवन बिभाग र ठेकेदारहरु बिचको बिवादका कारण योजना अलपत्र रहेको हुँदा यथाशिघ्र मुद्दामा निर्णय गरेर काम अगाडी बढाउन सभामुख मार्फत न्याय पालिकासंग आग्रह समेत गरेका हुन ।
उनले भने जनतासंग प्रत्यक्ष सरोकार राखेको अति सवेदनशिल बिषय स्वास्थयसंग खेलवाड नगर्न र आउदों २८ गते नारायणी अस्पतालको मुद्दाको पुनः पेसी रहेको हुँदा सो दिन न्याय पालिकाले मुद्दा माथी निर्णय गरेर चिकित्सकहरुको आदोलनलाई रोक्न सभामुख मार्फत सरकारको ध्यानकर्षण समेत गराएका छन ।

प्रतिक्रिया