आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरमा एक जनालाई पक्राउ गरेको छ ।
३० वर्षीया ज्योती बिष्टको हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
नरेन्द्रले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
.jpg)
प्रतिक्रिया