पर्सा- वीरगन्जको माइस्थानमा ‘इड्यू ब्रिज’ नामक कन्सल्टेन्सी आजदेखि सञ्चालनमा आएको छ ।
माईस्थानबाट गीता मन्दिर जाने बाटोतर्फ चोक नजिकै ‘इड्यू ब्रिज’ नामक कन्सल्टेन्सीको औपचारिकरुपमा एक कार्यक्रमबिचउद्घाटन गरिएको हो ।
विदेश पढन जाने विद्यार्थीहरुलाई राजधानी काठमाडौं धाइरहनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सबैको सहजताका लागि वीरगन्जमा कन्सल्टेन्सीको सेवा सुरु गरिएको सञ्चालक आयुष गुप्ताले बताए ।
उनले भने बिद्यार्थीहरुलाई विदेश पढन जादाँ सानोतिनो कामका लागि काठमाडौं गइरहनुपर्ने बाध्यता थियो । ‘जुन एकदम खर्चिलो र झन्झटिलो पनि हो, त्यसता समस्यालाई समाधान र सजिलै काम गरेर बिदेश पठाउन वीरगन्जबाट सबै सेवा दिने उनले बताए।
‘इड्यू ब्रिज’ कन्सल्टेन्सी ‘हेड अफिस’ काठमाडौंका प्रमुख योगेस क्षेत्रीले विद्यार्थीहरु काठमाडौंमा जाँदा अधिकांश कन्सल्टेन्सीमार्फत ठगिने गरेको बताए ।
उनले भने, ‘यही ठगिनु नपरोस, जिल्लाबाटै सेवा लिन पाइयोस । विद्यार्थीहरुको सहजताका लागि आफ्नो शाखा वीरगन्जमा विस्तार गरेको हुँ ।’
करिब २७ वर्षदेखि कन्सल्टेन्सीमाफृत सेवा गरिरहेको जनाउँदै उनले भने, ‘हाम्रो कन्सल्टेन्सीलाई तपाइँहरु विश्वास गर्नुहोला, हामी पैसा ठग्ने काम गर्दैनौं । अहिलेसम्म कसैको पैसा ठगेका पनि छैनौं ।’
इड्यू ब्रिज’कन्सल्टेन्सीले यूके, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, भारत, चाइना, साउथ कोरियासहितका देशहरुमा पढनका लागि विद्यार्थीहरुलाई पठाउने गरेको छ ।

प्रतिक्रिया