$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एनपिएल: फितलो व्यवस्थापन,प्रहरी र दर्शक बिच झडप,७ जना घाईते

580


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० हेर्न शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका समर्थकले सास्ती व्यहोर्नु परेको छ। टिकट काटेका दर्शकले गेटसम्म सहज पहुँच पाउन सकेनन् भने कतिपयले टिकट भए पनि खेल हेर्न नपाइ फर्कन बाध्य भए।


मध्याह्न सवा १२ बजे खेल सुरू हुने भए पनि कतिपय दर्शक तीन घन्टाअघि नै मैदान पुगेका थिए। तर पनि हजारौं दर्शक खेल सुरू हुँदा पनि मैदानभित्र पस्न पाएका थिएनन्। लाइनमा बसेका कतिपय दर्शकले टिकट काटेर भित्र छिर्नका लागि सास्ती व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

क्यानले शनिबारको खेलका लागि दश हजार टिकट अनलाइनबाट ब्रिकी गरेको थियो। यो टिकट तीन दिनअघि नै बिक्री भएको थियो। 

अनलाइनबाट टिकट काटे पनि फेरि त्रिवि परिसरबाट क्यूआर कोडमार्फत् अर्को टिकट दिइएको थियो। यसले पनि दर्शकले अर्को सास्ती व्यहोर्नु परेको थियो।

मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल भए पनि मैदान बाहिर प्रहरी र दर्शकबीच पटक पटक झडप भएको थियो। झडपपछि भिडमा च्यापिदा सात जना घाइते समेत भए।

कतिपय दर्शकहरू गेटबाट जबरजस्ती भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसरी प्रवेश गर्नेहरूको समूहले जबरजस्ती गरेपछि प्रहरीले लाठीचार्ज नै गरेको थियो।

नेपाल क्रिकेट संघ ९क्यान०का प्रवक्ता छुम्बी लामाले गेटबाहिर केहीबेर असामान्य परिस्थित बनेको बताए। 

तोकिएको समयमा टिकट लिएकाहरू मैदान छिरिहाल्नुभयो। केही मान्छेहरू लाइन मिचेर अनावश्यक गतिविधि गरेपछि प्रहरीले हस्तक्षेप गर्ने नै भए। पछि स्थिति सामान्य भयो,ु प्रवक्ता लामाले भने।

त्यसक्रममा कीर्तिपुर गएका केही दर्शकहरू भिडमा च्यापिएर घाइते समेत भए। पाँच जना दर्शक र दुई जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

घाइतेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका(९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका(५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की छन्।

उनीहरू पाँचै जनालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये जयन श्रेष्ठ डिस्चार्ज भइसकेका छन् भने गुल्मीका शिशिर गौतमलाई थप उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको एसपी अधिकारीले जानकारी दिए।

त्यस्तै घटनामा केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी भई संघीय ससद सुरक्षा बेस बानेश्वरमा कार्यरत दुई जना प्रहरी जवान पनि घाइते भएका छन्।

घाइते प्रहरी जवानहरूमा धादिङको खनियावास गाउँपालिका(३ का २६ वर्षीय अजय तामाङ र जुम्लाको सिन्जा गाउँपालिका(२ का दानबहादुर राउत छन्।

प्रहरी जवान तामाङको अवस्था गम्भीर छ। उनलाई कीर्तिपुर अस्पतालबाट वीर अस्पताल रिफर गरिएकोमा त्यहाँबाट पनि रेफर गरेर बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ। एसपी अधिकारीका अनुसार उनको टाउकोमा चोट लागेको छ। सभार सेतोपाटी

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,658,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,707,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: एनपिएल: फितलो व्यवस्थापन,प्रहरी र दर्शक बिच झडप,७ जना घाईते
एनपिएल: फितलो व्यवस्थापन,प्रहरी र दर्शक बिच झडप,७ जना घाईते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZJw5rBDCjnJFHCoC2dEY2ErHjkQq39X9XKunRHKsnyyeT_8uzzzjKrCLchypAVZ4fMxIxAu0QawRXpGxTvowC6Zi6988Pp_eO4m3OsLfgrBjZE8_y7-hfRuB5cxylPOfkH9ipirwiwqR_-bp_mNOH5GrggOtKJPSvvnwQBgGw8fGNOhORHMH_yOhyOuZk/s320/FB_IMG_1732975198529.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZJw5rBDCjnJFHCoC2dEY2ErHjkQq39X9XKunRHKsnyyeT_8uzzzjKrCLchypAVZ4fMxIxAu0QawRXpGxTvowC6Zi6988Pp_eO4m3OsLfgrBjZE8_y7-hfRuB5cxylPOfkH9ipirwiwqR_-bp_mNOH5GrggOtKJPSvvnwQBgGw8fGNOhORHMH_yOhyOuZk/s72-c/FB_IMG_1732975198529.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/11/blog-post_860.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/11/blog-post_860.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content