वीरगञ्ज: नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ।
सोमबार झन्डै १६ हजारले बढेको सुन हिजो मङ्गलवार २ हजार ७ सयले घटेको थियो। सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।
आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।
.jpg)
प्रतिक्रिया