$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारी

580


२७ कात्तिक,काठमाडौं।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको केही मन्त्रीहरुसँग असन्तुष्टि र केही नेतालाई मन्त्री बनाउनैपर्ने दबाब बढेपछि मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारी गरिएको छ।

मन्त्री फेरिने मन्त्रालयको सूचीमा पहिलो नम्बरमा गृह मन्त्रालय परेको छ। सरकार गठनको उद्देश्य अनुरुप कतिपय मन्त्रीले काम गर्न न नसकेको र पार्टीभित्रको सन्तुलन मिलाउनु पर्ने भएकाले केही मन्त्री हेरफेर गर्न छलफल थालिएको हो।

प्रधानमन्त्री ओलीले आफ्नो कोटोबाट मन्त्री बनेका केही मन्त्रीले आफ्नो स्पिरिट अनुसार काम गर्न नसकेपछि उनीको विकल्प खोज्ने विषयमा छलफल थालेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको सन्तुलन मिलाउन केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने गरी आन्तरिक तयारी थालेको स्रोतले जनाएको छ।

पार्टीको सन्तुलन मिलाउन भन्दै देउवाले हालका गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्रि पाण्डेलाई फिर्ता बोलाउने र उनीहरुका स्थानमा नयाँ मन्त्री पठाउने गरी छलफल थालेको स्रोतले बताएको छ।

यद्यपि यो विषयको जानकारी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने दिएको छैन। देउवा गृहमन्त्री लेखकलाई फिर्ता बोलाएर महामन्त्री गगन थापालाई गृहमन्त्री बनाउने तयारीमा छन्।

गृहमन्त्री लेखकप्रति प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजू देउवा पनि सकारात्मक नरहेकाके बताइएको छ। ओली र आरजुको असन्तुष्टिका साथै देउवामाथि बढेको दबाबका कारण लेखकलाई गृहमन्त्रीबाट हटाउने सम्भावना निकै उच्च भएको स्रोत बताउँछ।

यसबाहेक एमालेका पनि केही मन्त्रीहरु हट्ने सूचीमा परेको बताइएको छ। कांग्रेसबाट दुई र एमालेबाट ४ मन्त्री हटाइन सक्ने स्रोत बताउँछ।

सत्तारुढ दलकै नेताहरुबाट सरकारको आलोचना बढ्दै गएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमण पहिला नै मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढेको छ। यद्यपि प्रधानमन्त्रीको भ्रमणभन्दा अगाडि नै मन्त्री हेरफेर हुने सम्भावना भने कम छ। तर प्रधानमन्त्री फर्किएपछि भने मन्त्रीको फेरबदलको सम्भावना उच्च छ।

कांग्रेसभित्र गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेको विकल्प खोज्न सभापति शेरबहादुर देउवामाथि दबाव परेको छ। गृहमन्त्री लेखकप्रति प्रधानमन्त्री ओली पनि सकारात्मक नरहेको बताइएको छ।

राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन गर्न सहज बनाउँदै माधव नेपालको पार्टी एकीकृत समाजवादी विभाजन गर्ने र अशोक राईको पार्टीलाई वैधानिकता दिने प्रधानमन्त्री ओलीको पहिलेदेखिको चाहना हो। यो अध्यादेश गृह मन्त्रालयले अगाडि बढाउने व्यवस्था छ। अध्यादेश अगाडि बढाउन गृहमन्त्री सकारात्मक नदेखिएपछि ओली उनीसँग असन्तुष्ट छन्।

प्रधानमन्त्री ओली आफू चीन भ्रमणमा जानु पूर्व नै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन चाहन्छन्। तर, त्यसमा गृहमन्त्री लेखकले सहयोग नगर्दा अध्यादेश ल्याउने काम अगाडि बढ्न सकेको छैन। अध्यादेश अगाडि नबढ्नुमा प्रमुख बाधा गृहमन्त्री नै भएको प्रधानमन्त्री ओलीले निष्कर्ष निकालेका छन्।

उता सभापति देउवा पनि पार्टीभित्रको सन्तुलन मिलाउन गृहमन्त्री लेखकलाई हटाउन चाहन्छन्। स्रोतका अनुसार देउवा गृहमन्त्रीमा महामन्त्री गगन थापालाई ल्याउन चाहन्छन्।

पछिल्लो समय महामन्त्री थापा देउवासँग निकट छन्। उनी आगामी महाधिवेशनमा देउवा प्यानलबाट सभापतिको उम्मेदवार बन्ने चर्चा छ। गगनलाई साथमै राखिराख्न पनि देउवा लेखकको ठाउँमा गगनलाई गृहमन्त्री बनाउन चाहन्छन्।

स्रोतका अनुसार गृहमन्त्री लेखकले सहकारी ठगीमा नाम मुछिएका उपसभापति धनराज गुरुङलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री लेखकको आलोचना भइरहेको छ।

कोइराला समूहका धनराज गुरुङलाई हिरासतमा थन्क्याएर पार्टीभित्र विरोधी खेमालाई कमजोर पार्न परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजू देउवा लागिपरेको बताइएको छ।

पर्यटनमन्त्री बद्रि पाण्डे पनि प्रतिस्थापन गरिन सक्ने मन्त्रीको सूचीमा परेका छन्। विमानस्थल मर्मतको नाममा दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा रोक लगाइँदा मन्त्री पाण्डेको आलोचना बढेको छ।

यसबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरुले झण्डै दोब्बर भाडा बढाउँदा पनि यसलाई नियन्त्रण गर्न नसकेको भन्दै पाण्डेको चर्को आलोचना भइरहेको छ।

एमालेबाट हटाइने मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, यद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी छन्। यी मन्त्रीहरुको काम चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई हटाइन लागेको बताइएको छ। 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,654,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,694,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारी
मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVGON3Ra81mIBfJyV0enVX6U9xP7hvEDh9-YDO-Cz9vjtg60yq9BxsUqLeAQ5v3Skwxxk3-ycG6h2qDCRSCEY7lX6tPwvY_wdAUfHWAt8C9l4JYeBGbv4lFinE423H7D0cPFgYr_jTVA_lmKy0p5vUW0ANop8RdMJONdvMocjvSdp2ZKGJJY7m1FaPnv5S/s1600/download.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVGON3Ra81mIBfJyV0enVX6U9xP7hvEDh9-YDO-Cz9vjtg60yq9BxsUqLeAQ5v3Skwxxk3-ycG6h2qDCRSCEY7lX6tPwvY_wdAUfHWAt8C9l4JYeBGbv4lFinE423H7D0cPFgYr_jTVA_lmKy0p5vUW0ANop8RdMJONdvMocjvSdp2ZKGJJY7m1FaPnv5S/s72-c/download.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/11/blog-post_64.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/11/blog-post_64.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content