$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

खेलकुद मन्त्रीको गुनासो- राखेपबाट मन्त्रालयमा पर्याप्त सूचना आएन

580


काठमाडौं :
युवा तथा खेलकुद सम्बन्धी संगठनात्मक संरचनामा दोहोरोपन नहुनेगरी तीनै तहमा संगठनको पुनःसंरचना गरिने भएको छ।

सिंहदरबारमा बिहीबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनअनुसार गठित युवा तथा खेलकुद क्षेत्रको विषयगत समितिको बैठकले युवा तथा खेलकुदसम्बन्धी हालः भएको संगठनात्मक संरचनामा दोहोरोपन नहुने गरी संघ, प्रदेश र स्थानीय तहको संगठन पुनःसंरचना गर्ने निर्णय गरेको हो। त्यस्तै संघीय प्रणालीअनुसार समायोजनको प्रक्रियामा जाने गरी आवश्यक तयारीका काम गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले यसै आर्थिक वर्षमा कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगिता र खेलाडीहरूको व्यवस्थापनमा प्रदेश र स्थानीय तहले सहजीकरण गर्ने निर्णय गरेको छ।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्न खोजे पनि विविध कारणले सफल हुन नसकेको बताए। उनले खेलाडीको सेवा सुविधा मूर्त रुप दिन नसकेको, खेलाडीको बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरे।

त्यस्तै मन्त्री चौधरीले राखेपबाट मन्त्रालयमा पर्याप्त सूचना नआएको बताए। उनले खेलकुद संघको चुनाव समयमा हुन नसकेको र पारदर्शी ढंगले चल्नसमेत नरहेको बताए। छिट्टै प्रदेशहरूमा उचित दरबन्दीको व्यवस्था गर्ने उनले बताए। उनले नेपालमा पूर्वाधार निर्माणका लागि दातृ निकाय इच्छुक देखिए पनि उचित ठाउँ दिन नसकेको बताए।

विषयगत समितिले सबै प्रदेशहरूबाट राष्ट्रिय स्वयंसेवा नीतिको मस्यौदामा राय सुझाव लिई स्वयंसेवासम्बन्धी कार्यमा एकरूपता कायम गर्न राष्ट्रिय स्वयंसेवा नीति तर्जुमा गर्ने निर्णय गरेको छ। विभिन्न प्रदेशका खेलकुद मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, राखेप सदस्यसचिव लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,657,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,706,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: खेलकुद मन्त्रीको गुनासो- राखेपबाट मन्त्रालयमा पर्याप्त सूचना आएन
खेलकुद मन्त्रीको गुनासो- राखेपबाट मन्त्रालयमा पर्याप्त सूचना आएन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY8z6fr88lr-Um0voo8OfQcppCa8DsAFsjw-u8MRmRhaS4cHyohvk6rlBNIfaIYxJfLz0JhlASVT5FxwtXrvybeCfZtaEh8lTwUI1KMjPLXZsl52heHTtjlrtxoEw2t7b6BEAZMDL7o7GbcauJzEoYV70sfXPoM5Sjxs89pbVlIvoBZJIochQU_0qtRBuq/s1600/download%20(2).jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY8z6fr88lr-Um0voo8OfQcppCa8DsAFsjw-u8MRmRhaS4cHyohvk6rlBNIfaIYxJfLz0JhlASVT5FxwtXrvybeCfZtaEh8lTwUI1KMjPLXZsl52heHTtjlrtxoEw2t7b6BEAZMDL7o7GbcauJzEoYV70sfXPoM5Sjxs89pbVlIvoBZJIochQU_0qtRBuq/s72-c/download%20(2).jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/11/blog-post_61.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/11/blog-post_61.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content