$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

त्यसपछि कालोनिलो भए रबि लामिछाने

580

गोर्खा मिडिया नेटवर्क प्रालिले पाँच सहकारीबाट लिएको ६७ करोड ७६ लाख ऋणको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख रुपैयाँका चेक काटेको र सो चेकमा रबि लामिछाने आफैंले हस्ताक्षर गरेको पाइएको हो । सो प्रमाण देखाएपछि रबि निकै लज्जित हुनुपरेको थियो ।


काठमाडौं, मंसीर ११: 
गोर्खा मिडिया नेटवर्क प्रालिले पाँच सहकारीबाट लिएको ६७ करोड ७६ लाख ऋणको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख रुपैयाँका चेक काटेको र सो चेकमा रबि लामिछाने आफैंले हस्ताक्षर गरेको पाइएको हो । सो प्रमाण देखाएपछि रबि निकै लज्जित हुनुपरेको थियो ।

काठमाडौं, मंसीर ११ । सहकारीसँगको कारोबारबारे कुनै जानकारी नभएको दाबी गर्दै आउनु भएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछाने आफैले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण देखाएपछि कालोनिलो हुनुपरेको छ ।

अनुसन्धानको क्रममा हिरासतमा रहनुभएका लामिछानेलाई बयान लिने क्रममा सहकारीलाई तिर्न आफ्नै हस्ताक्षरमा काटिएको चेक देखाएपछि होइन भन्ने रटान बन्दसमेत हुन पुगेको छ । प्रहरीले अनुसन्धानको क्रममा रबिसँग यो प्रमाण देखाएको थियो । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।

प्रहरीका अनुसार गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने सहकारी ठगीमा राम्रैसँग लागेको तथ्य फेलापारेको छ । प्रहरीले राईबाहेक तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले गत कात्तिक २ गते लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेको छ ।

प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ रबि लामिछाने आफैंले चेक काटेर भुक्तान गर्नुभएको छ । यसका लागि रबिले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अुनसार ‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।

यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको हो । प्रहरीले रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै हस्ताक्षर गरेर चेक काटेको पनि भेटिएको छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, सञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने गरी ग्लोबल आईएमई बैंकमा सञ्चालन गरिएको खाताको विवरण संसदीय समितिले नै प्राप्त गरेको थियो । समितिले खाता सञ्चालकका रूपमा लामिछानेसहितले भरेको केवाईसी फारामसमेत फेला पारेको थियो ।

सोही खाताबाट लामिछानेले सहकारीलाई ब्याज पनि भुक्तान गरेको प्रमाण प्रहरीले संकलन गरेको हो । रबिले हाकाहाकी ढाँटन थालेपछि प्रहरी चेक देखाउन बाध्य भएको स्रोतले बतायो । प्रहरीले देखाएको चेकमा भएको हस्ताक्षर आफ्नै भएको लामिछानेले स्विकार गरेको प्रहरी स्रोतको भनाई छ ।

गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, रूपन्देहीको सुप्रिम, पोखराको सूर्यदर्शन, चितवनको साहरा र वीरगन्जको सानोपाइला सहकारीबाट रकम ल्याई बचत अपचलन गरेको कसुरसहित प्रहरीले रबिसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध मुद्दा दायर भएको छ, गोर्खा मिडियाका सञ्चालकसमेत रहेका कुमार रम्तेलसहितका व्यक्ति पुर्पक्षका लागि कास्की कारागारमा हुनुहुन्छ । त्यस्तै बुटवलको सुप्रिम सहकारी ठगीमा २८ जनाविरुद्ध मुद्दा दायर भएको छ । रूपन्देहीमा पक्राउ परेका व्यक्तिहरू पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,656,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,702,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: त्यसपछि कालोनिलो भए रबि लामिछाने
त्यसपछि कालोनिलो भए रबि लामिछाने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigiuCUTMHTaDa23FZxDbn5NubSWaIFsisXXldXir_VRbCeNEfRiBfz_hK5WfUw2_1kNlejB4QZQIGzMGD_qxF8c0r3BVmZV6Dxd3Nnbjmcle6GVT3ok48oa_5Al7G98VgZmH8tsWuW7iRIBJdsPs3tU6FpGMwOa30ANCkihmXdn2SuAuK8_DAxtAwxePhB/s1600/download%20(5).jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigiuCUTMHTaDa23FZxDbn5NubSWaIFsisXXldXir_VRbCeNEfRiBfz_hK5WfUw2_1kNlejB4QZQIGzMGD_qxF8c0r3BVmZV6Dxd3Nnbjmcle6GVT3ok48oa_5Al7G98VgZmH8tsWuW7iRIBJdsPs3tU6FpGMwOa30ANCkihmXdn2SuAuK8_DAxtAwxePhB/s72-c/download%20(5).jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/11/blog-post_58.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/11/blog-post_58.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content