आर्टिफिसियल इन्टेलिजेन्स च्याट प्लाटफर्म च्याट जिपिटीले आइफोन तथा आइप्याड प्रयोगकर्ताका लागि नयाँ सर्टकट टूल जारी गरेको छ । योसँगै अब आइओएस तथा आइप्याडओस एपमा च्याट जिपिटीको प्रयोग झनै सहज बन्नेछ ।
ओपन एआईले सर्च जिपिटी अर्थात् च्याट जिपिटी सर्च फिचर गत महिनामात्रै लञ्च गरेको थियो । अहिले कम्पनीले सोही सर्च जिपिटीको सर्टकट रिलिज गरेको हो । यद्यपि सर्च जिपिटी अहिले केवल सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

प्रतिक्रिया