कैलालीमा ट्रक दुर्घटनामा परेको छ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ भासु भिरबाट सु।प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान पौने ५ बजे ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो ।
ट्रक कहाँ जाँदै थियो भन्ने खुलेको छैन भने त्यसमा को(को सवार थिए भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ। ट्रक खसेको अवस्थामा भेटिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।

प्रतिक्रिया