भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तेस्रो दिन पनि भैरहवामा जारी छ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई बिहीबार पनि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको हो । रविको बयान सुरक्षा अधिकारीसहितको उपस्थितिमा मंगलबारदेखि चलिरहेको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई तेस्रो दिन पनि बाक्लो सुरक्षाबीच जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान साढे १० बजे बयान गराउन लगिएको हो ।
प्रतिक्रिया