$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगञ्जमा लागुऔषध बिषयक प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रम सम्पन्न

580


पर्सा
- वीरगञ्जमा लागुऔषध बिषयक प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रम सम्पन्न भएको छ। रिकभरीङ् नेपाल मधेश प्रदेशको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। 

वीरगन्ज स्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले लागुऔषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने आवश्यक्ता औँल्याएका थिए । लागुऔषध दुव्र्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । 

स्थानिय सरकारले लागुऔषध प्रयोग कर्ताको सुधार तथा उपचारको लागी आफनो संस्था लाई साथ दिन आग्रह गरेका छन ।

लागुऔषध प्रयोग कर्ता पनि हाम्रो समाजकै हुन उनीहरु लाई सुर्धाण सकिन्छ , उपचार गर्न सकिन्छ जसले गर्दा हाम्रो समाजमा भएका यस्ता प्रयोग कर्ताहरु दोस्रो जिवन पाउन सक्छन । तर हामीले वा हाम्रो संस्थाले एकलै चाहेर त्यो सम्भव न रहेको बताए । मधेस प्रदेश लागुऔषध प्रयोग कर्ताको संख्या लाखौँमा छ । स्थानिय सरकार , प्रदेश सरकारले यस बिषयमा गम्भीर हुन उनले अनुरोध गरे ।

समाजमा कुनै पनि किसिमका चोरी वा अन्य घटना हुने बित्तिकै सबैभन्दा पहिला लागुऔषध प्रयोगकर्तामाथि शंका गर्ने प्रवृतिको उनले विरोध गरे । परिस्थितीले कुलतमा फसेका युवालाई समाजले झन लाञ्छना र विभेदको नजरियाबाट नियाल्दा मनोबल कमजोर हुने गरेको उनको भनाई छ ।

संयोजक गिरीले नै संस्थाले गरेका कार्य प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रस्तुतीअनुसार रिकभरीङ् नेपाल पूर्व लागुऔषध प्रयोगकर्ताहरुको समूहद्वारा गठन गरिएको राष्ट्रिय सञ्जाल नै रिकभरीङ् नेपाल हो । जसले एचआईभी र औषधी पयोगको लागि उपचार र औषधीमा पहुँचको आवश्यक्तालाई पनि सम्बोधन गर्ने उद्देश्य लिएको छ ।

सन् २००३ सालमा स्थापित संस्थाले हाल सात वटै प्रदेशमा आफ्नो संगठन बिस्तार गरेर लागुऔषध दुव्र्यसनी कम गर्न तथा यसको क्षेत्रमा पैरवी, वकालत, अध्ययन, अनुसन्धान तथा नीति निर्माणमा सहयोग गर्ने काम गरीरहेको गिरीले जानकारी दिए । उनकाअनुसार एउटै उद्देश्य लिएर एउटै क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थासँग समन्वय र सहकार्य गर्दै समाजमा लागुऔषध दुव्र्यसनीलाई कम गर्ने र कुलतमा फसेकालाई सुधार गरेर पुर्नस्थापित गर्ने संस्थाको उद्देश्य हो ।

गत वर्ष मात्रै रिकभरीङ् नेपालले २६७ वटा संस्थालाई मनोसामाजिक परामर्शको तालिम प्रदान गरिएको रिकभरीङ् नेपाल मधेश प्रदेशका कोषाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनकाअनुसार सात वटै प्रदेशका १५७ जना लागुऔषध प्रयोगकर्तालाई व्यवसायिक तालिम प्रदान गरिएको छ भने पूर्व दुर्व्यसन पीडित २६ जनालाई व्यवसाय योजना कार्यान्वयनका लागि प्रारम्भिक पूँजी प्रदान गरी व्यवसाय संचालनमा सहयोग गरिएको छ ।

वीरगन्ज भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले लागुऔषधको जोखिम धेरै भएको संस्थाका केन्द्रिय सदस्य सुवोध पौडेलले बताए । बिकराल रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सबै सरोकारवाला गम्भिर भएर रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नीता फाउण्डेशनका भुषण क्षेत्री, मनिला फाउण्डेशनका धिरज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: वीरगञ्जमा लागुऔषध बिषयक प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रम सम्पन्न
वीरगञ्जमा लागुऔषध बिषयक प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglEAk72sA0271HAkBOXCHQXZI44P-gQPbqHKIlwJkXUxUpSdlLWfJzEsJLEOTOehFIdRyUN358jv_PUojUvbmic8KWZj_wK91eEs0T2YRG8skbNEJfl5yi3CIHazn03tLy9rTLJww5ngoq233MesUjOHtKeC0sm6XjN7v7DdNPZXwqAsnJkgSs8PH-IbES/s320/IMG-20241029-WA0005.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglEAk72sA0271HAkBOXCHQXZI44P-gQPbqHKIlwJkXUxUpSdlLWfJzEsJLEOTOehFIdRyUN358jv_PUojUvbmic8KWZj_wK91eEs0T2YRG8skbNEJfl5yi3CIHazn03tLy9rTLJww5ngoq233MesUjOHtKeC0sm6XjN7v7DdNPZXwqAsnJkgSs8PH-IbES/s72-c/IMG-20241029-WA0005.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/10/blog-post_741.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/10/blog-post_741.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content