Menu

आजको मौसम

वीरगञ्ज सिर्सिया नदीको सतह पार, पानी बस्तीमा पस्यो, जनजिवन प्रभावित

Author
ईक्रान्तिखबर डेस्क |
September 28, 2024
Featured


वीरगञ्ज:
  निरन्तर वर्षाका कारण वीरगञ्ज स्थित सिर्सिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ । रानीघाट, आदर्शनगर क्षेत्र अहिले जलमग्न भएको छ । यस्तै वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

सिर्सिया नदीको पानी बस्तीमा पसेपछि दैनिकीमा प्रभाव परेको स्थानियवासिको भनाई छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले आज विहान आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस पोष्ट गदै सिर्सिया नदिको पानी बजारमा समेतको पुगेको आमनागरिकलाई जानकारी गराए ।

उनले वीरगञ्ज र आसपासको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भुभागमा खोलाको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरुलाई आग्रह गरेका छन् ।

विहीबार साँझदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत देशभरकै जनजीवन प्रभावित बनेको छ । खासगरी दैनिक ज्यालादारी गरी खानेहरु बढी प्रभावित भएका ह्ुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3