Menu

आजको मौसम

विष्णु महायज्ञको तयारी तीव्र –आयोजक

Author
ईक्रान्तिखबर डेस्क |
February 05, 2024
Featured

वीरगंज,  २२   माघ/
वीरगंज महानगर–१४ पिपरामा यही माघ २८ गतेदेखि हुन लागेको श्री सीताराम नामसंकीर्तन महायज्ञ–१०८ कुञ्ज, नौ दिने विष्णु महायज्ञबारेमा आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

महायज्ञ मूल तयारी समितिका अध्यक्ष मुर्लीधर रूँगटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक अनिल रूँगटाले महायज्ञको कार्यक्रम तथा आर्थिक अवस्थाबारेमा जानकारी गराएका थिए । उनले महायज्ञको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणपत्र पठाएको बताए ।

महायज्ञमा एक करोड बढी खर्च अनुमान गरिएको उनले बताए । नौ दिनसम्म लाग्ने महायज्ञमा सवा लाख भक्तजनहरू सहभागी हुने अनुमान गरिएको र उनीहरूको लागि भण्डाराको व्यवस्था मिलाइएको संयोजक रूँगटाले बताए । उनले महायज्ञ वीरगंज चिनी कारखाना क्षेत्रमा गरिने तयारी जोरसोरका साथ भइरहेको बताए ।

पत्रकार सम्मेलनमा उनले महायज्ञ सम्पन्न गर्नका लागि माघ २६ गते मोटरसाइकल -याली र २७ गते कलशयात्रा गरिने जानकारी गराए । महायज्ञ जनकपुरधाका जगतनन्दन दास (पगलाबाबा)ले यसअघि नेपाल र भारतका विभिन्न स्थानमा महायज्ञ आयोजना गरेको बताए । उनले महायज्ञ देशमा शान्तिका लागि आयोजन गरिएको र यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा पूर्व नगरप्रमुख विजयकुमार सरावगी, विनोद मोर, रेणु अग्रवाल, सोनी अग्रवाल, रामप्रवेश कुर्मी, रामनारायण कुर्मीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3