Menu

आजको मौसम

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

Author
ईक्रान्तिखबर डेस्क |
February 04, 2024
Featured

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २१ माघः बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।

सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

गोली लागेर घाइते हुनुभएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ ।  उहाँको पाखुरामा गोली लागेको छ ।

गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3