Menu

आजको मौसम

ठोरी छोटी भन्सारको स्तरोन्नति हुने

Author
ईक्रान्तिखबर डेस्क |
February 06, 2024
Featured

वीरगंज, २३ माघ ।  लामो समयको प्रतीक्षापछि ठोरी गाउँपालिका वडा नं २ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति हुने भएको छ ।आगामी माघ २७ गते शनिवार सङ्घीय अर्थमन्त्री प्रकाशशरण महतले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्ने घोषणा गर्नेछन् ।

अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभागका प्रमुखको समेत सहभागितामा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएको अध्यक्ष श्रेष्ठले बताए ।

ठोरी भन्सारको स्तरोन्नति हुने खबरले ठोरीवासी खुशी भएका छन् । लामो समयदेखि बन्द रहेको छोटी भन्सार सञ्चालनमा आएपछि भारतीय पर्यटकहरू गाडीको प्रवेश शुल्क तिरी नेपालको जुनसुकै स्थानमा जान सक्ने भएपछि पर्यटनमा समेत प्रत्यक्ष टेवा पुग्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3