Menu

आजको मौसम

आदर्शकोतवालमा युवा नेता अंसारीको चर्चा, गाउँपालिका प्रमुखको उम्मेदवारीले चुनावी माहोल तातियो

Author
Bhagwan kurmi |
October 08, 2026
Featured

बारा- बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने आदर्शकोतवाल गाउँपालिकामा सामाजिक अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता अताहुल अंसारी गाउँपालिका अध्यक्ष पदका चर्चित सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेका छन।

युवा नेतृत्व, सामाजिक सक्रियता र गाउँपालिकाको समग्र विकासका लागि नयाँ सोचसहित अघि बढेका अंसारीको उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा चर्चा बढेको छ। गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा सुशासनलाई प्राथमिकतामा राखेर परिवर्तनको नयाँ खाका अघि सार्ने उनको भनाइले युवापंक्तिसहित स्थानीय नागरिकको ध्यान तानेको देखिन्छ।

स्थानीय तहमा लामो समयदेखि देखिँदै आएका विकास तथा जनसरोकारका समस्याको समाधानका लागि परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको अंसारीले बताउँदै आएका छन। यही कारण उनको उम्मेदवारीप्रति युवादेखि विभिन्न समुदायका नागरिकसम्म सकारात्मक धारणा निर्माण भइरहेको समर्थकहरूको दाबी छ।

आदर्शकोतवाल गाउँपालिकाको आगामी स्थानीय निर्वाचनमा अंसारीको सम्भावित उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ। नयाँ पुस्ताको नेतृत्व र परिवर्तनको एजेन्डासहित मैदानमा आउने तयारीमा रहेका अंसारीलाई स्थानीयस्तरमा बलियो दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ।

यद्यपि निर्वाचनको अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहने भए पनि अंसारीको उम्मेदवारीले आदर्शकोतवालको चुनावी समीकरणमा नयाँ बहस सुरु गराएको छ। युवा नेतृत्व, नयाँ सोच र विकासको स्पष्ट भिजनलाई मतदाताले कति साथ दिन्छन् भन्ने विषय आगामी निर्वाचनमा निर्णायक बन्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3