Menu

आजको मौसम

पर्सा–३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा कुर्मी सर्वसम्मत निर्वाचित

Author
Bhagwan kurmi |
October 01, 2026
Featured

वीरगञ्ज- नेपाली कांग्रेसको पर्सा क्षेत्र नं. ३ बाट लक्ष्मण प्रसाद कुर्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन।

नेपाली कांग्रेसको बुधबार सम्पन्न महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियाबाट नेता कुर्मी श्रमिक क्लस्टरबाट सर्वसहमतीले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।

कांग्रेस पर्सा क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिका रूपमा कुर्मी सर्वसम्मत चयन भएपछि अहिले सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामनाको घुईचो लागेको छ।

कुर्मीलाई स्थानीय कांग्रेस कार्यकर्तामाझ सक्रिय तथा अनुभवी नेताका रूपमा प्रस्तुत गर्दै क्षेत्र नं. ३ को संगठन सुदृढीकरण, कार्यकर्ताबीचको समन्वय तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको छ।

कुर्मीको सर्वसम्मत चयनप्रति कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै आगामी राजनीतिक तथा सांगठनिक यात्राको सफलताको शुभकामना समेत व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3