विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पकहाँ–मैनपुर टोल जोडने सडक अवरुद्ध, स्थानीय दुखित, पालिका प्रमुख मेहता मौजमा, गाउँ सभा अहिले पनि अन्योलमा

580


पर्साः
लगातारको भारी वर्षा र बाढीका कारण पकहाँ गाउँदेखि मैनपुर टोल जोड्ने गोन्हामाई सडक अहिले पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, विद्यार्थी र बिरामीहरुलाई दैनिक आवतजावत तथा कामकाजमा निकै कठिनाई भएको छ ।

पकहाँमैनपुर गाउँपालिकामा भारी वर्षा र बाढीले गर्दा सडकका विभिन्न ठाउँमा कटान भई यातायात पूर्णरूपमा ठप्प भएको छ, भने धेरैजसो घरवार तथा बालीनाली समेत डुवानमा परेका छन ।  

पकहाँमैनपुर गाउँपमलिकामा अहिलेको अवस्था हेर्दा जनधनको क्षति भएका कारण आम जनता त्रासमा छन, भने तत्काल राहतको व्यवस्था मिलाउन आवश्यक रहेको देखिएको छ । यता मैनपुर टोलको सडक अवरुद्ध हुदाँ स्थानीय बासिन्दा, विद्यार्थी, बिरामीहरुको दैनिक कामकाज र आवतजावत पुर्ण रुपमा थप भएको छ । 

पकहाँमैनपुरको गोन्हामाई सडकमा वर्षेनी मर्मत सम्भारको नाममा साना–साना काम गरेर बजेट पचाउने चलन दोहोरिँदै आएको छ, तर स्थायी समाधानको पहल कहिल्यै पनि भएको छैन । मैनपुर टोलदेखि गाउँपालिकाको सदरमुकामसम्म पुग्ने मुख्य माध्यम यही सडक भएकाले सडक अवरुद्ध हुँदा सम्पूर्ण जनजीवन प्रभावित भएको छ । स्थानीयहरूले गाउँपालिका प्रमुख सुरेश मेहता, उपप्रमुख सरफुुनेसा खातुन र वडा अध्यक्ष संजय चौहानलाई तत्काल पहल गरी सडकलाई स्थायी रूपमा पुनर्निर्माण गर्न माग समेत गरेका छन । 

यता पालिकाका जनप्रतिनिधिले समस्या समाधानको लागी कुनै चासो देखाएका छैन्न, भने कुनै प्रतिकृया नदिएर मौनता अपनाएका छन । 

यस्ता दुखको बेला जनप्रतिनिधिहरुले निरिक्षण तथा अनुगमन गरेर समस्या परेको ठाउँमा तुरन्त उद्धार कार्य तथा सहायता पुर्याउने जिम्मेवारी हुन्छ, तर पालिका प्रमुख सुरेश मेहता, उप प्रमुख सरफुनेशा खातुन तथा वडा अध्यक्षहरुले आफ्ना जिम्मेवारीलाई भुलेर सरकारी सवारीको दृपयोग समेत गरिरहेका छन । यस्ता विपत्तिको समयमा जनप्रतिनिधिहरुको कुनै किसिमको प्रतिकृया नआएपछि स्थानीयवासीले गाउँपालिका र जनप्रतिनिधि तहको लापरवाही प्रति आक्रोशीत भएका छन ।

पकहाँमैनपुर गाउँपालिका प्रमुख सुरेश मेहता उनलाई पालिका र आम जनतासंग कुनै मतलब नै हुदैन जस्तो लाग्छ । उनी पालिका छोडेर जिल्लाको सदरमुकाम वीरगञ्जमा बस्छन, सरकारी सवारी साधनको दृपयोग गरि बजार, बिहे भोज र आफन्त भेटघाटमा मात्र ब्यस्त हुनेगरेका देखिन्छन । पालिका प्रमुख मेहताको लापरवारी तथा ब्यक्तिगत स्वार्थ पुर्तिका कारण लामो समय सम्म कर्मचारीहरुले तलब बिहिन भएका थिए । पालिकाको कामकाज थप पारेर प्रमुख मेहताले वीरगञ्ज बसाईमा रमाउने गर्छन । प्रमुख मेहताको एकलौटी निर्णयका कारणले गर्दा अहिले पनि गाउँ सभा सम्पन्न भएको छैन, भने अन्योलमा रहेको गाउँ सभाबाट बजेट पारित हुन सकेको छैन । प्रमुख मेहताले ब्यक्तिगत मात्र १५ करोडको बजेट लिने एकलौटी निर्णय गर्न दवाव दिएपछि गाउँ सभा अहिले सम्म अन्योलमा रहेको नाम नछापने शर्तमा पालिकाका एक जना कर्मचारीले बताए । उनले भने गाउँ सभा बारम्बार स्थगीत हुनुको कारण नै पालिका प्रमुख मेहता हुन उनी आफु खुशी बजेट पारित गर्न धाकधम्की तथा हैकमवादी गर्छन, सोही कारणले गाउँ सभा अहिले सम्म अन्योलमा रहेको बताए । 

बिकास र सुशासनमा पालिकालाई पर्सा जिल्लाको नमना गाउँपालिका बनाउने प्रतिबद्धता जानएका प्रमुख मेहता आफ्नै करतुतका कारण अहिले पालिकालाई भ्रष्टचार र अनियमितामा नमुना बनाएका छन । उनी पालिकामा काम भन्दा पहिला कमिश्न लिने, पालिकामा आफ्ना आसेपासेलाई पैसा भरमा नियुक्ति दिने र बिना कमिश्नको कुनै काम नदिने प्रवृतिमा चर्चित रहेका छन । भने कमिश्नको चलखेलका कारण पालिका प्रमुख मेहता सुरु देखी नै बिवादमा तानिदै आएका हुन ।

यता उप प्रमुख सरफुनेशा खातुनको कुरा गर्दा उहाँको करतुत पनि कम छैन । पालिकालाई भर्ति केन्द्रको रुपमा प्रयोग गर्दै आएकी उप प्रमुख खातुन पनि अनियमिता र कमिश्नको चलखेलका कारण सधै चर्चामा देखिने गरेकी हुन । उनी पालिकामा कहिले श्रीमान देखि भतिजाको नियुक्तिले बिवादमा परेकी हुन, भने पालिकाबाट दोहे सुविदा लिएको आरोपले पालिका निकै गन्हाउने अवस्थामा समेत पुगेको देखिएको थियो । पकहाँमैनपुर गाउँपालिकामा प्रमुख मेहता र उप प्रमुख खातुन आफ्ना मानोमानीमा प्रशिद्ध छन । पालिकामा प्रमुख मेहता र उप प्रमुख खातुन टिमबाजी समेत गरिरहेको बिषय निकै चर्चामा आएको छ  । आफु राजीखुसी बजेट बनाउने तर सहमति नभए गाउँ सभा स्थगीत गर्ने कर्या उहाँहरुको सुरु देखी नै हेर्न पाईएको छ । 

पकहाँमैनपुर गाउँपालिकामा महिनौ पिछे अख्तियारको टोली आउछ, कागजात जफत गरेर लगीने गरेको हुन्छ, तर करवाही तथा परिणाम चाही बाहिर आउदैन । पालिका प्रमुख, उप प्रमुख, प्रशासकिय अधिकृत र अख्तियार टोली बिच कुन किसिमको सेटिङ्ग हुन्छ भने प्रश्न समेत उठन थालेको छ । 

स्थानीयवासीहरुले गोन्हामाई सडकलाई मर्मतको नाममा जनतालाई भ्रममा पार्ने कार्य बन्द गरी, पारदर्शी र दीर्घकालीन सुधार योजना ल्याउन माग गरेका छन । जनप्रतिनिधिहरूले तत्काल निरीक्षण गरी समस्या समाधानका लागि ठोस पहल नगरे यसको राजनीतिक र सामाजिक परिणाम गम्भीर हुने स्थानीयले चेतावनी समेत दिएका छन । 

यता यस बिषयमा पालिका प्रमुख मेहतासंग यस नम्बरमा ९८०७१४१०७९ सम्पर्क गर्न खोज्दा फोन लागेन भने उप प्रमुख खातुनसंग यो ९८२११३४८९१ नम्बरमा सम्पर्क गर्न खोज्दा फोन लागेन । 

सोही बिषयामा वडा अध्यक्ष संजय चौहानसंग बुझ्न खोज्दा उनले गोन्हामाई सडकलाई पलिएर आफु गम्भिर रहेको बताए । उनले मैनपुरको यो गोन्हामाई सडकको मर्मत छिटै हुन्छ र सडकको दीर्घकालीन सुधारको लागी आफु काम गरिरहेको प्रतिकृया समेत दिएका छन । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,498,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,550,विचार,32,विज्ञान प्रविधि,26,विश्व,76,समाचार,501,स्थानीय समाचार,298,स्वास्थ्य,44,हाइलाइट,134,
ltr
item
ekrantikhabar: पकहाँ–मैनपुर टोल जोडने सडक अवरुद्ध, स्थानीय दुखित, पालिका प्रमुख मेहता मौजमा, गाउँ सभा अहिले पनि अन्योलमा
पकहाँ–मैनपुर टोल जोडने सडक अवरुद्ध, स्थानीय दुखित, पालिका प्रमुख मेहता मौजमा, गाउँ सभा अहिले पनि अन्योलमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyTBdh_3guwGxnzNCJsIImM-sfwV3Su7FP74MIKAEz5T7FZXveFTgkwBcB94AdqM2lY3OiwujBMIQfcSKoKNlD0Bvz2S3GdA03XtRrZyhgwwkzgjRCE4i56OLp-7afrsf0h0JvQTNffyxtH22PDYMyrvsZ-9gQXN6fzA52IjcNQj6-A_-s4gjZgqKXMaq5/s320/e16101d0-5f1e-405e-8164-349abcba7ce6.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyTBdh_3guwGxnzNCJsIImM-sfwV3Su7FP74MIKAEz5T7FZXveFTgkwBcB94AdqM2lY3OiwujBMIQfcSKoKNlD0Bvz2S3GdA03XtRrZyhgwwkzgjRCE4i56OLp-7afrsf0h0JvQTNffyxtH22PDYMyrvsZ-9gQXN6fzA52IjcNQj6-A_-s4gjZgqKXMaq5/s72-c/e16101d0-5f1e-405e-8164-349abcba7ce6.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_23.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_23.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content