पोर्टो रिकोको सान जुआनबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान आइतबार दिउँसो करिब २ बजे मियामी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।
रनवेबाट बाहिरिएपछि विमानले केही सवारीसाधनलाई ठक्कर दिँदा आगलागी भएको बताइएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
आगलागी नियन्त्रण तथा उद्धारका लागि करिब दुई सय अग्निनियन्त्रक परिचालन गरिएको थियो ।
अमेजनकी प्रवक्ता केली नान्टेलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेकी छन् ।
