Menu

आजको मौसम

हिन्दु सम्राट् नेपालले रञ्जन सिंहलाई दियो केन्द्रीय नेतृत्वको जिम्मेवारी

Author
ईक्रान्तिखबर डेस्क |
September 07, 2026
Featured

हिन्दु सम्राट् नेपालले पर्साका रञ्जन कुमार सिंहलाई संस्थाको केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय प्रवक्ता पदमा मनोनीत गरेको छ ।

संस्थाका महासचिव राकेश सनातनीद्वारा जारी मनोनयन पत्रअनुसार वीरगंज उपमहानगरपालिका–१० निवासी सिंहलाई उक्त जिम्मेवारी प्रदान गर्दै हार्दिक बधाई तथा मङ्गलमय शुभकामना व्यक्त गरिएको छ ।

पत्रमा सिंहको नेतृत्वदायी भूमिका, सक्रियता र योगदानले हिन्दुत्वलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ भने आगामी कार्यकालमा उत्तरोत्तर प्रगति, सफलता र उज्ज्वल भविष्यको कामना गरिएको छ ।

सिंह लामो समयदेखि हिन्दु धर्म, संस्कृति, सभ्यता तथा सन्तानको रक्षा, प्रवर्धन र प्रचार–प्रसारका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी अन्य विभिन्न हिन्दु सङ्घ–सङ्गठनहरूमा समेत आबद्ध रही धार्मिक–सांस्कृतिक अभियान तथा गतिविधिमा निरन्तर योगदान गर्दै आएको बताइएको छ ।

मनोनयनसम्बन्धी पत्र जनकपुरधामस्थित हिन्दु सम्राट् नेपालको केन्द्रीय कार्यालयबाट जारी गरिएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3