Menu

आजको मौसम

उम्मेदवारी घोषणामा हजराको ब्रेक : ‘व्यक्तिगत घोषणा होइन, पार्टीको विधि र निर्णय मान्नुस

Author
Bhagwan kurmi |
September 30, 2026
Featured

वीरगञ्ज: नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा नगर्न आग्रह गरेका छन।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता हजारले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेकपा एमाले नीति, नियम, विधि र पद्धतिबाट सञ्चालन हुने अनुशासित पार्टी भएकाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा गर्न उचित नहुने बताएका छन।

उम्मेदवार छनोट पार्टीको विधान, नीति, निर्णय तथा संस्थागत प्रक्रियाअनुसार हुने उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई पार्टीको निर्णय र अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन।

हजराले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “व्यक्ति होइन, विधि प्रधान बनाऔँ। स्वेच्छाचारिता होइन, संगठनात्मक निर्णयलाई सम्मान गरौँ। एकता, अनुशासन र विधि–पद्धतिलाई अझ बलियो बनाऔँ।

उनले पार्टीभित्र संस्थागत निर्णय र संगठनात्मक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै “नेकपा एमाले जिन्दावाद” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन।

हजराको पछिल्लो अभिव्यक्तिलाई एमाले पर्साभित्र आगामी निर्वाचनका सम्भावित उम्मेदवार तथा उम्मेदवारी घोषणासँग जोडिएको संगठनात्मक विषयमा पार्टीको विधि र निर्णय प्रक्रियालाई प्राथमिकता दिन गरिएको अपिलका रूपमा लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3