Menu

आजको मौसम

‘समृद्ध वीरगञ्ज हाम्रो प्रतिबद्धता’ भन्दै युवा नेता मुन्ना पटेलद्वारा स्वतन्त्र मेयरको उम्मेदवारी घोषणा

Author
Bhagwan kurmi |
September 27, 2026
Featured

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै युवा नेता तथा सामाजिक अभियन्ता मुन्ना पटेलले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।

पटेलले ‘समृद्ध वीरगञ्ज, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गर्दै वीरगञ्जको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी स्थानीय सरकार निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन।

उम्मेदवारी घोषणा गर्दै पटेलले वीरगञ्जको समग्र विकासका लागि युवाको सहभागिता र नयाँ सोच आवश्यक रहेको बताएका छन्। उनले महानगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, यातायात, रोजगारी, पूर्वाधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन।

सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका पटेलले राजनीतिक दलभन्दा माथि उठेर महानगरवासीको हित र आवश्यकतालाई केन्द्रमा राखी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्। उनले वीरगञ्जलाई व्यवस्थित, आधुनिक, सफा तथा आर्थिक रूपमा सबल महानगर बनाउने लक्ष्यसहित जनतामाझ जाने बताएका छन।

उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको चर्चा थपिएको छ। पटेलले आफ्नो अभियानलाई व्यक्ति वा दल केन्द्रित नभई ‘वीरगञ्जको विकास र महानगरवासीको हित’ केन्द्रित बनाउने बताएका छन।

‘समृद्ध वीरगञ्ज हाम्रो प्रतिबद्धता’ नारासहित घोषणा गरिएको उनको उम्मेदवारीले आगामी निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्व र स्वतन्त्र उम्मेदवारीको बहसलाई समेत थप बल पुग्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3