Menu

आजको मौसम

बरबुझारथ नगरेको आरोपमा श्री संसारीमाई माविको खाता रोक्का, राम चरित्र भगत माविमा पनि आर्थिक अनियमितताको आरोप

Author
Bhagwan kurmi |
August 07, 2026
Featured

पर्साको पकहा मैनपुर गाउँपालिकाले श्री संसारीमाई माध्यमिक विद्यालय, सुर्जाहा–२ का प्रधानाध्यापक पप्पु प्रसाद चौहानले विद्यालयको बरबुझारथ गर्न आनाकानी गरेको भन्दै विद्यालयको बैंक खाता रोक्का गरेको छ। गाउँपालिकाले चौथो पटक ताकेता पत्र पठाउँदै ३ दिनभित्र बरबुझारथ सम्पन्न नगरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

काज सरुवासम्बन्धी निर्णयपछि विद्यालयका वर्तमान प्रधानाध्यापक मनोज कुमार यादवले नगद, जिन्सी तथा आवश्यक कागजात बरबुझारथका लागि पटक–पटक आग्रह गरे पनि तत्कालीन प्रधानाध्यापक चौहानले बरबुझारथ गर्न आनाकानी गर्दै आएको गाउँपालिकाको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहद्वारा हस्ताक्षरित ताकेता पत्रमा श्री राम चरित्र भगत माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक चौहानलाई कारणसहित वर्तमान प्रधानाध्यापक यादवसँग आवश्यक सम्पूर्ण जिम्मेवारी, नगद, जिन्सी तथा कागजात तत्काल बरबुझारथ गरी गाउँपालिकालाई जानकारी गराउन निर्देशन दिइएको छ।

गाउँपालिकाका अनुसार पटक–पटक ताकेता गर्दा समेत बरबुझारथ प्रक्रिया पूरा नभएपछि विद्यालयको प्रशासनिक तथा आर्थिक पारदर्शिता कायम गर्न बैंक खाता रोक्का गर्ने निर्णय गरिएको हो। तोकिएको अवधिभित्र बरबुझारथ नगरेमा प्रचलित निजामती तथा स्थानीय सेवा कानुनअनुसार विभागीय तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।

राम चरित्र भगत माविमा पनि आर्थिक अनियमितताको आरोप यसैबीच, चौहान श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकहा मैनपुर–३, पर्सामा प्रधानाध्यापकका रूपमा करिब ६ महिना कार्यरत रहँदा विद्यालयका दुई थान ल्यापटप घरमा लगेर राखेको तथा आर्थिक अनियमितता गरेको आरोप समेत उठेको छ।

विद्यालयसँग सम्बन्धित स्रोतका अनुसार प्रधानाध्यापकको जिम्मेवारीमा रहँदा विद्यालयको सम्पत्तिको रूपमा रहेका दुईवटा ल्यापटप घरमा राखिएको आरोप छ। साथै, सो अवधिमा विद्यालयको आर्थिक कारोबार तथा विभिन्न शीर्षकमा भएको खर्चका सम्बन्धमा समेत प्रश्न उठाइएको बताइएको छ।

तर, ल्यापटप घरमा राखिएको वा आर्थिक अनियमितता भएको आरोप प्रमाणित भइसकेको विषय नभएकाले सम्बन्धित निकायबाट छानबिन तथा प्रमाणका आधारमा मात्रै यसको वास्तविकता पुष्टि हुने देखिन्छ। विद्यालयको सम्पत्ति तथा आर्थिक कारोबारको पारदर्शिताका लागि आवश्यक कागजात, जिन्सी अभिलेख तथा आर्थिक विवरण परीक्षण गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

बरबुझारथसम्बन्धी विवाद र आर्थिक अनियमितताको आरोपले विद्यालय प्रशासनमा पारदर्शिता, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जिम्मेवारी हस्तान्तरणको विषयलाई पुनः चर्चामा ल्याएको छ। अब सम्बन्धित निकायले बरबुझारथ प्रक्रिया तथा उठेका आर्थिक र जिन्सीसम्बन्धी प्रश्नको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3