Menu

आजको मौसम

नेशनल प्याब्सन पर्साद्वारा एसईईमा उत्कृष्ट ५६ विद्यार्थी सम्मानित

Author
Bhagwan kurmi |
July 11, 2026
Featured

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित ‘SEE 2082 Excellence Honor Award’ कार्यक्रममार्फत नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई खादा, टीका र सम्मानपत्र प्रदान गरिएको हो।

नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष जियालाल गुप्ताले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुको उद्देश्य उनीहरूलाई थप हौसला प्रदान गर्नुका साथै आगामी पुस्तालाई पनि उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्नु रहेको बताए। उनले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त मेहनतको प्रतिफल भएको उल्लेख गर्दै नेशनल प्याब्सन पर्साले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथि तथा कार्यवाहक मेयर इम्तियाज आलमले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा समृद्ध समाज निर्माणको आधार भएको बताए। उनले भविष्यमा पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्दै वीरगञ्जको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा सम्मानित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्ता सम्मान कार्यक्रमले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3