कुटपिट मुद्दामा अदालतले तोकेको जरिवाना नतिरेका पर्साको पकाहामैनपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले चौरसियालाई वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित अदालत नजिकबाट नियन्त्रणमा लिएको हो।
चौरसियाविरुद्ध कुटपिट मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जरिवाना नतिरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुखसँग बुझ्दा उनले पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने जानकारी दिए।
प्रहरीले अदालतको फैसला कार्यान्वयन तथा आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया