वीरगंज, ६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरूङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधवार वीरगंज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीणा र मेयर गीता चौधरीले संयुक्त रूपमा उदघाटन गरेका छन् ।
विद्यालय भवन र सम्द्ध सुविधाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको अन्तर्गत गरिएको थियो । यो सप्तरी जिल्लाको शुरूङ्गा नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । सो विद्यालयको स्थापना सन् १९५१ मा भएको थियो । विद्यालयले नर्सरीदेखि स्नातक तहसम्मको शिक्षा प्रदान गर्दछ ।
विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको कुल संख्या लगभग ६२७ रहेको छ, जस मध्ये ३५८ छात्राहरू छन् । सुरूङ्गा नगरपालिकाकी मेयर, विद्यालय व्यववस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकासात्मक सहयोगको लागि प्रशंसा पनि गरेका छन् ।
उहाँहरूले, नयाँ पूर्वाधारले यस क्षेत्रमा पढाईको वातावररण बढाउन र शिक्षा क्षेत्रलाई सुदृढ पार्न मदत गर्ने विश्वास व्यक्त गरे । नजिकका छिमेकीहरूको रूपमा, भारत र नेपाल व्यापक र बहु–क्षेत्रीय सहयोगमा साझा गर्दछ ।
योजनाको कार्यान्वयनले प्रामिकताको क्षेत्रहरूमा पूर्वाधार वृद्धि गर्नुका साथै वृद्धि र विकास हासिल गर्न नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया