Menu

आजको मौसम

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

Author
ईक्रान्तिखबर डेस्क |
May 14, 2026
Featured

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा। दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा। खड्ग केसी र रजिस्ट्रार प्राडा। केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ । उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3