Menu

आजको मौसम

वडा अध्यक्ष आशुतोष चतुर्वेदीको विशेष पहलमा विद्यार्थीलाई जुत्ता सहयोग

Author
Bhagwan kurmi |
May 12, 2026
Featured

वीरगञ्ज — संविधान सभा सदस्य आशा चतुर्वेदीको सहयोग तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीको विशेष पहलमा श्री रामाज्ञा चतुर्वेदी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको हो। जुत्ता पाएपछि विद्यार्थीहरूमा उत्साह, खुसी र आत्मविश्वास थपिएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आशुतोष चतुर्वेदीले शिक्षासँगै विद्यार्थीहरूको आधारभूत आवश्यकतामा ध्यान दिनु सबैको साझा दायित्व भएको बताए। उनले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थी हितका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

संविधान सभा सदस्य आशा चतुर्वेदीले शिक्षा क्षेत्रको विकास र बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आफू सधैं सकारात्मक सहयोगमा रहने बताइन्। उनले विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरिन।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा शैक्षिक अभियानले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3