$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

विष्णु पौडेलको आरोप: सरकारमा पुगेर पनि राज्य कब्जाको मानसिकता देखियो

580

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रूपान्तरण गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले माओवादीको नाममा देशले लामो समय उग्र वामपन्थको प्रभाव र त्यसबाट उत्पन्न समस्याहरू भोग्नुपरेको उल्लेख गर्नुभयो।

काठमाडौंमा आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो धारणा राख्नुभएको हो। उहाँले २०५६ सालको आम निर्वाचनका क्रममा एमालेका तर्फबाट रुकुममा उम्मेदवार रहनुभएका नेता यदु गौतमको तत्कालीन माओवादीद्वारा हत्या गरिएको प्रसंग पनि स्मरण गर्नुभयो।

उहाँका अनुसार माओवादी आन्दोलनले हिंसात्मक बाटो अवलम्बन गर्दै ‘जनयुद्ध’का नाममा सत्ता कब्जाको प्रयास गरे पनि त्यसमा सफल हुन सकेन। ‘माओवादीले जबसम्म हिंसाको बाटो अपनायो, त्यसले देशलाई स्थायित्व दिन सकेन,’ उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा एमाले र कांग्रेससँग सहकार्य गर्दै जनआन्दोलनमा सहभागी हुनुपरेको वास्तविकता हो।’

उपाध्यक्ष पौडेलले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले असाधारण जनसमर्थन प्राप्त गरे पनि त्यस अवसरलाई सही रूपमा उपयोग गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले सरकारमा रहँदा पनि राज्य संयन्त्रमा नियन्त्रण जमाउने प्रयास, सेना नेतृत्वमा हस्तक्षेपजस्ता कदमहरूले थप विवाद निम्त्याएको टिप्पणी गर्नुभयो। ‘सरकारमा पुगेपछि पनि राज्य कब्जा गर्ने मानसिकता देखियो, सेनापति बर्खास्ती गर्ने र नयाँ सेनापति ल्याउने चाहना बढ्दै गयो,’ उहाँले भन्नुभयो, ‘यस्ता आकांक्षाले देशलाई दीर्घकालीन रूपमा समस्यामा पारे।’

उहाँले माओवादीको राजनीतिक उपादेयता कमजोर बन्दै गएपछि अहिले पार्टी नामबाट ‘माओवादी’ शब्द हटाउने अवस्था आएको दाबी गर्नुभयो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,659,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,711,स्थानीय समाचार,325,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: विष्णु पौडेलको आरोप: सरकारमा पुगेर पनि राज्य कब्जाको मानसिकता देखियो
विष्णु पौडेलको आरोप: सरकारमा पुगेर पनि राज्य कब्जाको मानसिकता देखियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgeg81aH0LL9QokNoNfI74lBGwbR56ASUUaagJbppnzVe_pScphuQsWMBhL3EKLj27zXBGl6bLSsIeE65H9p8ggd_cG6XnmbAzBOsZX5iNij9s6HX8E0JoVe0wQfYN-a4xL_GlP0UUualP3f3ODMBU3w7cnHiUBJ2-N0txsMfh-zjnlLLaTfVshzgssPH1v/s320/Finance-Minister-Bishnu-Prasad-Paudel.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgeg81aH0LL9QokNoNfI74lBGwbR56ASUUaagJbppnzVe_pScphuQsWMBhL3EKLj27zXBGl6bLSsIeE65H9p8ggd_cG6XnmbAzBOsZX5iNij9s6HX8E0JoVe0wQfYN-a4xL_GlP0UUualP3f3ODMBU3w7cnHiUBJ2-N0txsMfh-zjnlLLaTfVshzgssPH1v/s72-c/Finance-Minister-Bishnu-Prasad-Paudel.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/04/blog-post_97.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/04/blog-post_97.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content