Menu

आजको मौसम

भारतीय सहयोगले प्रसौनीमा शैक्षिक पूर्वाधारमा ऐतिहासिक सुरुवात

Author
Bhagwan kurmi |
April 13, 2026
Featured

वीरगञ्ज— नेपाल–भारत विकास सहकार्यअन्तर्गत पर्साको प्रसौनी गाउँपालिका–२ मा अवस्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास सम्पन्न भएको छ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीनाले एक औपचारिक समारोहबीच भवनको शिलान्यास गर्दै शिक्षा क्षेत्रको विकासमा यस्ता सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।


शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद जैसवाल, उपाध्यक्ष किरण साह, प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव तथा लेखा प्रमुख प्रेम बाबु प्रसादलगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


भारतीय सहयोगमा निर्माण हुन लागेको उक्त भवनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्नुका साथै स्थानीय स्तरमा पठन–संस्कृतिको विकास र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3