Menu

आजको मौसम

पर्सा प्रहरीको एक्सन, तस्करीको प्रयास विफल, दुई जना प्रहरीको फन्दामा

Author
Bhagwan kurmi |
March 15, 2026
Featured


जिल्ला प्रहरी कार्यालय पर्सा ले प्रतिबन्धित औषधि ट्रामाडोल ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप पाठक ले उक्त जानकारी दिनुभएको हो।

प्रहरीका अनुसार गण्डक चोक वीरगञ्ज मा नियमित सवारी जाँच गर्ने क्रममा ना १ ज २७६५ नम्बरको रातो रङको टाटा सुमो गाडी रोकी जाँच गर्दा गाडीको छतमा कृपाले छोपेर राखिएको कालो झोलाभित्रबाट प्रतिबन्धित ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्राम क्याप्सुल लेखिएको करिब ५२ हजार बराबरको ट्याब्लेट बरामद गरिएको हो।

उक्त ट्याब्लेटसहित बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर १ हरियादिया बस्ने वर्ष ४२ का रामा आशिष राउत अहिर र पर्सा जिल्ला बौधर्माई नगरपालिका वडा नम्बर २ सिसियाडी बस्ने वर्ष ३० का सुवास सरार्फ लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि सोधपुछ तथा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य कारोबारीको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3