Menu

आजको मौसम

स्वच्छ र पारदर्शी चुनावको दाबी: रुपेश पाण्डेले बुझाए खर्चको विस्तृत विवरण

Author
Bhagwan kurmi |
March 12, 2026
Featured


पर्सा—
पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेर चुनाव लडेका युवा नेता रुपेश कुमार पाण्डे ले यसपालिको निर्वाचनमा भएको खर्चको विस्तृत विवरण निर्वाचन कार्यालयमा बुझाएका छन।

पाण्डेले आफ्ना निर्वाचन प्रतिनिधि विन्ध्यान्चल ठाकुर मार्फत बिहीबार निर्वाचन कार्यालय पर्सा मा खर्च विवरण पेश गरेका हुन। उनले पेश गरेको विवरण अनुसार यसपालिको निर्वाचनमा कूल ११ लाख ७५ हजार २७१ रुपैयाँ ८ पैसा मात्र खर्च भएको उल्लेख गरिएको छ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि स्वच्छ र पारदर्शी ढंगले चुनाव लडेको दाबी गरेका छन। पेश गरिएको विवरणअनुसार उनले सबैभन्दा बढी ४ लाख ९५ हजार २७३ रुपैयाँ प्रचार–प्रसार सामग्रीमा खर्च गरेका छन् भने इन्धनमा २ लाख रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्तै सवारी साधन भाडामा १ लाख ९० हजार रुपैयाँ, पालिकास्तरीय बैठक तथा नास्तामा १ लाख ३१ हजार ६५० रुपैयाँ, तथा निर्वाचन परिचालन सम्पर्क कार्यालय सञ्चालनमा ६७ हजार ३४८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी नास्ता तथा चियामा ५७ हजार रुपैयाँ, पानीमा १५ हजार रुपैयाँ र मनोनयन दर्ता प्रक्रियामा १० हजार रुपैयाँ खर्च भएको पाण्डेले बुझाएको विवरणमा जनाइएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पर्सा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भएका थिए। कांग्रेसका सुरेन्द्र चौधरी १६ हजार ३६६ मतसहित दोस्रो हुँदा एमालेका रुपेश कुमार पाण्डे ११ हजार ९१४ मतसहित तेस्रो स्थानमा रहेका थिए।

यद्यपि परिणाम जे आए पनि कम खर्चमा प्रतिस्पर्धी र सशक्त चुनाव लडेर पाण्डेले आफ्नो राजनीतिक उपस्थितिलाई बलियो बनाएको एमाले कार्यकर्ताहरूको दाबी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3