Menu

आजको मौसम

पर्सा–१ मा एमालेको सुनामी, जनलहर देखेर विपक्षीको षड्यन्त्र चकनाचुर:पूर्वमन्त्री यादव

Author
Bhagwan kurmi |
February 01, 2026
Featured


पर्सा क्षेत्र नमबर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आँफुप्रतिको बढ्दो जनलहर देखेर विपक्षीहरु अत्तालिएर अनेक हर्कत गर्न थालेको बताएका छन् । 

वीरगन्ज–१६ नगवामा शनिबार एमालेको पार्टी प्रवेश कार्यक्रम भाँड्न केहि अराजक समुहको प्रयास असफल भएको भन्दै यादवले पर्सा–१ मा एमालेप्रतिको अभूतपूर्व जनसमर्थन देखेर विपक्षी दलहरु हर्कतमा उत्रिएको बताए । 

एमालेको कार्यक्रममा देखिएको जनलहर र उत्साहजनक उपस्थितिले पर्सा–१ मा एमालेको जित सुनिश्चित हुदैं गएको भन्दै पूर्वमन्त्री यादवले भने,‘ पर्सा–१ मा यसअघि म मन्त्री हुदाँ मैले गरेको कामको मूल्यांकन जनताले गरिरहेका छन् । अरुको जस्तो भाषण होइन,मेरो काम बोल्छ ।’

शनिबारको एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्न विपक्षीबाट प्रायोजित एक समुहले अनेक हथ्कण्डा अपनाएप्नि नगवाका जनताले नै त्यसलाई विफल बनाइदिएको यादवले बताए ।यादवले भने,‘नगवामा हजारौँ नागरिकले खुलेर पार्टी प्रवेश गरेको दृश्य विपक्षी दलका लागि सह्य भएन। त्यही कारण कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो। तर जनताको समर्थन र विश्वासले यस्ता हर्कतहरू स्वतः असफल हुनेछन्।”

जनताले अब पुरानो राजनीति होइन, परिणाममुखी, जवाफदेही र विकास केन्द्रित नेतृत्व खोजिरहेको बताउँदै यादवले भने,‘ नगवामा देखिएको वजनसमर्थन कुनै आकस्मिक घटना होइन, यो जनताको चेतना र परिवर्तनको चाहनाको परिणाम हो।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3