Menu

आजको मौसम

जेन्जी युवाहरूको हत्यारा पार्टीलाई बायलेटको माध्यमले कारवाही गरौ: उम्मेदवार सरार्फ

Author
Bhagwan kurmi |
February 01, 2026
Featured


पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -१८ भवानीपुर, इनर्वा र वडा नम्बर २२ मा जगरनाथपुरमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ। 

कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जि आन्दोलनमा निर्दोष युवाहरूको हत्या गर्ने नेपाली काङ्ग्रेस ,एमाले लगायतका ठुला दल र ति दलका उम्मेदवारहरुलाई बायलेटको माध्यमले मतदाताहरुले सजाय दिने बेला आएको र जनताको अदालतमा ति पार्टीहरुलाई बहिष्कार गरि खबरदारी गर्नु पर्नेमा जोड दिए। 

देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।कार्यक्रममा नेताहरू रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार ,सिए देवराज,महादेव शर्मा,निराजन कुशवाहा,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,नागेन्द्र सिह, अन्जना गुप्ता,नजमा खातुन ,अनिता रौनियार लगायतको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3